मनहरी–बैशाख २६ गते । तीन दिनअघि कोरोना पुष्टि भएर हेटौँडा अस्पताल लगिएका मनहरी ९ खरंगा निबासी एकजना पुरुषको आइतबार बिहान ज्यान गएको छ ।
हेटौँडा अस्पतालमा उपचारकै क्रममा रहेका बेला उहाँको मृत्यु भएको हो । उहाँमा कोरोना देखिनुअघि सुगर, उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्या रहेको थियो ।
योसँगै मनहरी गाउँपालिकामा दोस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि मनहरी १ का भाइकाजी ल्वागुनको कोरोनाका कारण ज्यान गएको थियो । उहाँ दलित समन्वय समिति मनहरीका सदस्य हुनुहुन्थ्यो ।