मनहरी-मनहरीमा एसियन लाइफ इन्सुरेन्सको उपशाखा कार्यालय सञ्चालनमा आएको छ । मनहरी गाउँपालिका वडा नं ७ हस्पिटल रोडमा उपशाखा कार्यालय उद्घाटन गरिएको हो ।
हेटौँडा शाखा प्रमुख सञ्जय रेग्मीले रिबन काटेर शाखा कार्यालयको उद्घाटन गर्नु भएको हो । मनहरीसँगै थाहानगरको पालुङमा पनि एसियन लाइफको उपशाखा सञ्चालनमा रहेको छ भने बागमती गाउँपालिकाको फापरबारीमा पनि सेवा केन्द्र सञ्चालनमा रहेको छ ।
उपशाखा कार्यालयबाट नयाँ बिमा, बिमा दाबी, ऋण, प्रिमियम, बचत जस्ता सबै कार्यहरु सजिलै सम्पादन हुने शाखा प्रमुख रेग्मीले बताउनुभयो । उहाँले बिना झन्झट सबै कामहरु सम्पन्न गर्न सक्ने अधिकारसहित उपशाखा कार्यालय खोलिएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा मुक्तिनाथ विकास बैँक मनहरी शाखाका प्रकाश न्यौपाने, महालक्ष्मी बैँकका दूधराज पौडेल, राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेल, व्यवसायी नारायण बर्ताैला, नवीन सुवेदी, सञ्चारकर्मी शिवकुमार काशी लगायतको सहभागिता रहेको थियो ।