
लक डाउनका बेला राक्सिराङ गाउँपालिका वडा नं ३ गलमटेमामा रहेको जलपरी झरना अवलोकन गर्न आउनेहरुका लागि वडा कार्यालयले रोक लगाएको छ ।
वडा कार्यालयको समन्वयमा भएको सर्बपक्षीय छलफलका क्रममा जलपरी झरना अवलोकन गर्न आउनेहरुको भीडभाड दिनदिनै बढ्दै गएपछि यस्तो निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी सरिखेत उपशाखाका सभापति चित्रबहादुर थिङले बताउनुभयो ।
उहाँका अनुसार मनहरी गाउँपालिकाबाट दिउँसोको समयमा पैदल हिँडेर अवलोकनकर्ताहरु आउन थालेपछि यस्तो निर्णय गरिएको हो । अटेर गरी जलपरी झरनामा आउनेलाई प्रतिव्यक्ति ५ सय जरिबाना लगाइने निर्णय पनि गरिएको बताइएको छ ।