हेटौँडा–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुर शाखाको सातौ अधिवेसनले नयाँ कार्य समितिको चयन गरेको छ ।
क्षेत्रबहादुर थिङ अमरको अध्यक्षतामा प्रतिष्ठानले नयाँ कार्यसमिति पाएको हो । प्रतिष्ठानको प्रथम उपाध्यक्ष चन्द्र बजगाइँ, द्वित्तीय उपाध्यक्ष बालचन्द्र मल्ल, महिला उपाध्यक्ष निरु खड्का, सचिव रविन्द्र थिङ, कोषाध्यक्ष साधुराम राउत, सहसचिव राजेश मग्राती, सह कोषाध्यक्ष देवीलाल श्रेष्ठ, प्रवक्ता हरिबहादुर खड्का चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बेलबहादुर लो, अमर लामा, रामचन्द्र कार्की, गुणराज लामा, शुसील मल्ल, प्रतिमा अर्याल, सोम तितुङ, गोपालप्रसाद दाहाल, सम्झना बिष्ट, बिन्दा ठाडामगर, रुपक घिमिसरे, नवराज न्यौपाने, गंगा पाख्रीन, उमेश न्यौपाने, अबिराम मोक्तान रहेका छन् ।
नव निर्वाचित कार्य समितिको पहिलो बैठक पनि सम्पन्न भएको छ । बैठकले बार्षिक कार्ययोजना निर्माग गरी यसअघि रोकिएको टेलिभिजन कार्यक्रम लोकचौतारीलाई निरन्तरता दिइने, तीज र बिजया दशमीमा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्ने, क्षेत्रीय स्तरका अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्ने निर्णय गरेको सचिव रविन्द्र थिङले जानकारी दिए ।