राक्सिराङमा ल्होछारमा पनि क्रिसमस जत्तिकै बिदा घोषणा

राक्सिराङ–माघ २५ गते । क्रिसमसको अबसरमा तीन दिन बिदा दिएको भनेर आलोचना खेपेको राक्सिराङ गाउँपालिकाले २८६० औँ सोनाम ल्होछारको अबसरमा पनि तीन दिन बिदा घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सार्बजनिक सूचना जारी गर्दै माघ २६, २७ र २८ गते गरी तीन दिन बिदा दिएको घोषणा गर्नु भएको छ । तीन दिन गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द गरिने सूचनामा उल्लेखछ ।

अध्यक्ष मल्लले ल्होछार पवलाई समस्त तामाङ समुदायमा आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अबसरका रुपमा पनि लिनु भएको सूचनामा उल्लेख छ ।

क्रिश्चियन समुदायको पनि बाक्लो उपस्थिति रहेको राक्सिराङ गाउँपालिकाले यसअघि क्रिसमसका अबसरमा पनि ३ दिन बिदा दिएको थियो । तीन दिन बिदा दिएको बिषयमा गाउँपालिकाले चर्काे आलोचना समेत खेपेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here