उपाध्यक्ष कप भलिबलः फाइनलमा ३ र ४ नं वडाको भिडन्त

मनहरी–माघ २५ गते । खेलकुद विकास समिति मनहरीले आयोजना गरेको प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वडा नं ३ र ४ को टिम पुगेको छ ।

वडा नं ३ ले वडा नं ७ लाई सेमिफाइनल खेलमा पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी वडा नं ५ लाई पराजित गर्दै वडा नं ४ ले फाइनल यात्रा तय गरेको हो । भोलि शुक्रबार फाइनल खेल हुने आयोजकले जनाएको छ ।

मनहरी गाउँपालिका ४ स्थित गोलघर खेल मैदान परिसरमा सञ्चालन भइरहेको प्रतियोगिताको भोलि नै जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा समापन गर्ने कार्यक्रम तय भएको समितिका संयोजक बीरु लामाले बताउनुभयो ।

साथै कार्यक्रममा चर्चित गायिका चन्दा अर्यालले गीत संगीत प्रस्तुत गर्ने समेत तयारी समेत गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा ९ वटै वडाका ९ वटा टिमले सहभागिता जनाएका थिए ।

लिग कम नक आउट प्रणालीमा सञ्चालित प्रतियोगितामा प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने टिमले ३० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी बिधागत रुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here