Home थाहा दर्शन

थाहा दर्शन

मुख्यतः यस्तो बिषम परिस्थितिमा पनि जनप्रतिनिधिहरुलाई चलायमान राख्नु र आफै पनि अध्यक्ष/उपाध्यक्षहरु फिल्डमा पुगेर उर्जा प्रदान गर्नु नै ठूलो कुरा हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्टको चासो र चिन्ताका कारण स्वास्थ्य शाखाको सक्रियतालाई निकै उच्च बढाइएको छ । जसका कारण स्वास्थ्य संस्थाहरु अत्यन्तै व्यवस्थित पारिएको छ ।
गाउँपालिकाले अनिकालग्रस्त बस्तीमा कोरोनाको संक्रमणको आशंका भएमा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाको सिफारिसमा सरकारले तोेकेको अस्पतालमा कोरोना जँचाउने चेपाङ बिरामीका लागि यस्तो निर्णय गरेको अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । ‘अनिकालले थिलो थिलो भएको बस्तीमा कोरोनाको उपचार गर्न जाने पैसा पनि हुँदैन, एम्बुलेन्स चढ्न सक्ने हैसियत पनि हुँदैन’, अध्यक्ष मल्लले भन्नुभयो–‘यस्तो बेला स्थानीय सरकारले उनीहरुको पीडामा सहायता गर्नका लागि हामीले निर्णय गरेका छौँ ।’
चारैवटा नाकाबाट प्रवेश हुने मानिसहरुको अभिलेख राखिने र सोधपुछ गरी निगरानी गर्नेगरी स्वास्थ्यकर्मी खटाउने निर्णय समितिले गरेको हो । यसैगरी समितिको बैठकले कोरोना संक्रमण नियन्त्रण अभियानमा सहभागी हुने सबै स्वास्थ्यकर्मीहरुलाई थप अतिरिक्त भत्ताको व्यवस्था गर्ने निर्णय निर्णय गरेको छ भने आवश्यक औजारहरु, सामग्रीहरु खरिद गर्ने निर्णय गरेको छ ।
मनहरी–कोरोनाको संक्रमण फैलन नदिनका लागि मनहरी गाउँपालिकाले स्वास्थ्यकर्मीको टिमलाई बलियो बनाउँदै लगेको छ । गाउँपालिकाले मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरेको ज्वरो क्लिनिक, आकस्मिक सेवा सञ्चालन लगायतका कामलाई व्यवस्थित गर्न स्वास्थ्यकर्मीहरुलाई...
मनहरी बजारमा चैत ११ गते बिहान ११ बजेको दृष्य हेर्ने हो भने एक सयभन्दा बढी मानिसहरु सडकमा ओहोरदोहोर गरिरहेको देखियो । कोही रमिता हेर्न त कोही दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्न सडक छेउ निस्किएको पाइयो । माथिल्लो बजार चैनपुर रोड पनि पूर्णतः बन्द छ ।
सोमबार बिहान आयोजित अनौपचारिक कार्यक्रम संघका निवर्तमान पदाधिकारीहरुले मास्क हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य केन्द्रलाई हस्तान्तरण भएको मास्क ५०० थान रहेको छ । मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङको उपस्थितिमा मास्क हस्तान्तरण भएको हो ।
कार्यक्रममा बक्ताहरुले पाइयो भन्दैमा आवश्यकभन्दा बढी ऋण लिँदा मानिसहरु झन् गरिव हुने भन्दै ‘घाँटी हेरेर हाड निल्ने’ नीति अवलम्वन गर्न अनुरोध गरेका थिए । सेन्चुरी बैँकले आवश्यकता हेरेर मात्रै ऋण स्वीकृत गर्ने गरेको र गैर उत्पादनमुखी काममा ऋण लगानी गर्ने कुरालाई प्राथमिकता नदिइएको बैँकका सञ्चालक समेत रहनु भएका अर्थ बिश्लेषक सुदर्शन अधिकारीले बताउनुभयो ।
पटकपटकको प्रयासलाई असफल गराउने रणनीतिमा विभागदेखि निकुञ्जसम्म लागेको सुइँको पाएपछि गाउँपालिकाले फिल्डमा उत्रने निर्णय गरेको थियो । जस अनुसार फागुन ६ गते एक्साभेटरसहित स्थानीयबासिन्दा, ट्रयाक्टर व्यवसायी, क्रसर उद्योगी, उत्खनन्कर्ता समेत राप्ती र मनहरी खोलाको बगरमा पुगेको थियो । बगर पुगेको टोलीलाई रोक्न पर्सा राष्ट्रिय निुकञ्जले मेजरको नेतृत्वमा नेपाली सेना खटाएपछि बगरमै खटपट भएको थियो । गाउँपालिका अध्यक्ष उप्रेतीसमेत बगरमा पुगेर छलफल गरेपछि चौतर्फी दबाब बढेको थियो । सोही दबाबका कारण वन तथा वातावरण मन्त्रालयले विभागलाई र विभागले निकुन्जलाई पत्राचार गरी उत्खनन् सहज बनाउन सहजीकरण गरेको हो ।
डेढ बर्षअघिबाट सुरु भएको यो अभियानले अब पुस २८ गते सार्थकता पाउँदैछ । मनहरी गाउँपालिका वडा नं ७ स्थित राष्टिय रोटरी माध्यमिक विद्यालयको चौरमा बालमैत्री स्थानीय शासन घोषणा हुँदैछ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबाट ।

छुटाउनु भयो कि?

ताजा अपडेट