Home मकवानपुर राक्सिराङ गाउँपालिका

राक्सिराङ गाउँपालिका

डाक्टरको उपलब्धता भएपछि राक्सिराङ गाउँपालिकाका बासिन्दा सामान्य उपचारका लागि मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र, हेटौँडा र भरतपुरका महँगा अस्पताल जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
गाउँपालिकास्तरीय खेलकुद विकास समितिको सहजीकरण र पहलकदमी तथा गाउँपालिकाको माग सिफारिसमा चालू आर्थिक बर्ष २०७७/७८ का लागि ४० लाख बजेट बिनियोजित गरी कार्य आरम्भ गर्न लागिएको समितिका अध्यक्ष नवीन सुवेदीले जानकारी दिनुभयो ।
सोमबार रातिको पहिरोले पुलमा अबरोध भएको राक्सिराङ गाउँपालिका ४ नं वडाध्यक्ष सञ्जय कोइरालाले बताउनुभयो ।
डिभिजन सडक कार्यालय हेटौँडाले चुर्लिङ खोला पक्की पुल निर्माणका लागि सोमबार नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी ठेक्का प्रक्रिया अघि बढाएको हो ।
बिगतमा बर्षहरुमा हुने गरेको सांस्कृतिक कार्यक्रमसहितका औपचारिक कार्यक्रम आयोजना नगरिएको अध्यक्ष पूर्णबहादुरले बताउनुभयो । उहाँका अनुसार राक्सिराङ, कैलाश र मनहरीका चेपाङ बस्तीहरुमा व्यक्तिगत रुपमा पाण्डे (झाँक्री) हरुले ढ्यांग्रो फलाकेर यस बर्ष न्वागी मनाइँदैछ ।
अब थप दुई करोड रुपियाँ संघीय सरकारको समेत थपिएपछि परेवाभीर खण्ड अर्काे आर्थिक बर्षसम्ममा निर्माण भइसक्ने अपेक्षा गरिएको छ ।
पक्की पुल निर्माणको ठेक्का प्रक्रिया सुरु हुनुअघि प्रतिनिधि विरोध खतिवडाको पहलमा सरोकारवालाहरुको अनुगमन र अबस्था बिश्लेषण लगायतका क्रियाकलापहरु अघि बढाइएको हो ।
सिमपानी सरिखेत खण्डमा पर्याप्त केन्द्रीय बजेट बिनियोजन हुँदैन । बिनियोजन भएको बजेटको कार्यान्वयन पनि ठेकेदारले सही रुपमा नगर्दा बाटोले जुन गति लिनुपर्ने थियो, त्यही रुपमा लिएको पाइँदैन । मनहरीबाट राक्सिराङ गाउँपालिकाको वडा नं १, २, ३, ५ पुग्नका लागि अहिले पनि बर्षायाममा समेत सिमपानी–सरिखेत खण्डमा अटो लगायत बोलेरो गाडीहरु सञ्चालनमा छ ।
सपनाहरु मरेको होइनन्, मुर्छित मात्र भएका हुन् । पुनर्जागृत गराएर फेरि भिड्नु र दौडनु त छँदैछ । बाटोमा राजनीति कि, राजनीतिमा बाटो खोजी गर्ने ? बिषयलाई अब साँघुरो बनाउँदै लैजान जरुरी छ ।
८ नं वडाध्यक्ष रामकृष्ण प्रजाले किशोर र किशोरीको परिवारसँग छलफल गरी बाल विवाहलाई बदर गरिएको जानकारी दिनुभयो । ‘कानून बिपरित विवाह भएको थाहा पाएपछि किशोर किशोरीका बाबुआमालाई सम्झाएर उमेर पुगेपछि मात्रै विवाह गर्ने कुरामा राजी गरायौँ’, वडाध्यक्ष रामकृष्णले भन्नुभयो ।

छुटाउनु भयो कि?

ताजा अपडेट