Home मकवानपुर

मकवानपुर

समितिको अध्यक्षमा लक्ष्मी प्रजा चुनिनु भएको छ । त्यसैगरी उपाध्यक्षमा तारा रिजाल सुवेदी, सचिवमा अम्बिका बर्ताैला र कोषाध्यक्षमा गंगा पाठक चुनिनु भएको छ ।
स्थानीय १६ बर्षीय श्यामराज तामाङले साउन ४ गते बालिकालाई बलात्कार गरेको खुलेको हो । बालिका बिरामी परेपछि घटना सार्बजनिक भएको कैलाश गाउँपालिका ८ नं वडाध्यक्ष सूर्जबहादुर थिङले बताउनुभयो ।
ज्यामिरेमा निर्माण हुन लागेको भवन अढाई तलाको रहेको छ । पहिलो बर्ष पहिलो तल्ला ढलान हुने गरी निर्माण थालिएको वन समूहका अध्यक्ष दीपक पुलामीले जानकारी दिनुभयो ।
शिवहरिडाँडामा भएको अतिक्रमित क्षेत्रमा आँप, लिची, एभोकाडो लगायत १५० थान फलफलुका बिरुवा रोपिएको समूहका अध्यक्ष दीपक पुलामीले बताउनुभयो ।
ज्यामिरेमा स्थापना भएको काठ मिलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नु भएको थियो । तर, स्थापना भइसक्दा समेत कानूनसँग बाझिएको भन्दै चलाउन सकिएको छैन ।
कैलाश गाउँपालिको आर्थिक बर्ष २०७७/७८ का लागि ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपियाँको बजेट तर्जुमा गरी पारित गरेको हो ।
सपनाहरु मरेको होइनन्, मुर्छित मात्र भएका हुन् । पुनर्जागृत गराएर फेरि भिड्नु र दौडनु त छँदैछ । बाटोमा राजनीति कि, राजनीतिमा बाटो खोजी गर्ने ? बिषयलाई अब साँघुरो बनाउँदै लैजान जरुरी छ ।
भूकम्प पीडित लाभग्राहीले असार मसान्तसम्म घर निर्माण गरिसक्नुपर्ने एकातिरको बाध्यता छ भने घरमा हाल्ने झ्याल, ढोका नभएर पिरोल्लिने लाभग्राहीहरु पर्याप्त छन् । यही बेला सरकारले साल जातको काठ बिक्र बितरण गर्न रोक लगाएपछि लाभग्राही र उपभोक्ताहरु मारमा परेका छन् ।
८ नं वडाध्यक्ष रामकृष्ण प्रजाले किशोर र किशोरीको परिवारसँग छलफल गरी बाल विवाहलाई बदर गरिएको जानकारी दिनुभयो । ‘कानून बिपरित विवाह भएको थाहा पाएपछि किशोर किशोरीका बाबुआमालाई सम्झाएर उमेर पुगेपछि मात्रै विवाह गर्ने कुरामा राजी गरायौँ’, वडाध्यक्ष रामकृष्णले भन्नुभयो ।
पक्राउ परेकाहरुमा ५० वर्षीय धनबहादुर तामाङ, २० वर्षीय रामबहादुर तामाङ, ४३ वर्षीय मङगल सिंह रुम्बा, २१ वर्षीय सुवास तामाङ र २२ वर्षीय सुमन तामाङ रहेका छन् ।

छुटाउनु भयो कि?

ताजा अपडेट