Home मुख्य समाचार

मुख्य समाचार

प्रहरी र ओसारपसारमा संलग्न ब्यक्तिबिच केहीबेर जुधाजुध समेत भएको थियो ।
मनहरी गाउँपालिकामा हालसम्म १७६ जना कोरोना संक्रमित भएका छन् । तीमध्ये ७७ जनाको उपचार र हेरचाह आइसोलेसन वार्डबाट भएको थियो ।
डाक्टरको उपलब्धता भएपछि राक्सिराङ गाउँपालिकाका बासिन्दा सामान्य उपचारका लागि मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र, हेटौँडा र भरतपुरका महँगा अस्पताल जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय मनहरी अगाडिको राजमार्ग छेउमा भएको स्वास्थ्य जाँच कार्यक्रममा ४३ जना सबारी चालकको रक्तचाप नाप्ने तथा आँखाको जाँच गर्नेसहितका स्वास्थ्य समस्याहरुबारे परामर्श दिइएको ट्राफिक प्रहरी कार्यालय मनहरीका प्रमुख एबम् प्रहरी नायब निरीक्षक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
ठेक्का प्रक्रियामा गएका ५ वटै पुलको निर्माण प्रक्रियामा पारदर्शिता अपनाउन तथा गुणस्तरीय निर्माण कार्यका लागि दबाब दिन युवा नेता दीपेन्द्र अधिकारीको संयोजकत्वमा पुल सरोकार समिति गठन गरिएको हो ।
राक्सिराङ गाउँपालिका वडा नं ९ राजाराङका ती किशोरकिशोरीहरु विद्यालयमा अध्ययनरत रहेका थिए । पटक पटक गरी ७ जनालाई चितवनको लोथर र पिप्लेस्थित होटलहरुमा कामका लागि लगिएको पाइएको हो
विद्यालय व्यवस्थापन समितिले आफूखुसी सरुवा सहमति लगायतका क्रियाकलापहरु यसअघि गर्दै आइरहेकामा अब शिक्षा समितिको प्रत्यक्ष निगरानीमा मात्रै सरुवा सहमति तथा नयाँ नियुक्तिका कामहरु हुनेछन् ।
वन कर्मचारीले मनहरी गाउँपालिका ७ स्थित मनहरी पुलबाट चिरान काठसहित दुई जनालाई पक्राउ गरेको हो ।
मनहरी गाउँपालिका ७ नं वडा कार्यालय, इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरीको आइआरटी पोष्ट र मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिसहित सरोकारवालाको आइतबार बसेको बैठकले बजारलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।
शनिबार सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले असोज २५ गतेदेखि ३० गतेसम्म गाउँपालिकाको रजैयास्थित कार्यपालिका भवन बन्द रहने जानकारी दिनुभयो ।

छुटाउनु भयो कि?

ताजा अपडेट