नवगठित कमिटीलाई क्युपेकका केन्द्रीय सल्लाहकार राजु आचार्यले सपथ ग्रहण गराउनु भएको थियो । नवगठित कमिटीका अध्यक्ष रामदामले क्युपेक नेपाललाई सबैको सहयोगबाट अघि बढाउन आफूले भूमिका निर्बाह गर्ने बताउनुभयो ।
पर्सा र चितवन राष्ट्रिय निकुन्जको सीमावर्ती क्षेत्रमा पर्ने जोगितालका किसान जंगली जनावरको आक्रमणबाट आजित भएका छन् ।
२०६४ सालमा नयाँ पार्टी भएकै कारण नयाँको स्वाद चाख्दा माओवाादी केन्द्र ठुलो भएको यथार्थ महसुस गर्दै कालाखेतीले पछिल्लो चुनाबहरुमा तेस्रो पार्टी मात्रै बन्नुमा जनताको नभई पार्टीको नेतृत्वको नै दोष रहेको बताउनुभयो ।
मनहरी गाउँपालिकामा भर्खर मात्र सञ्चालनमा आएको मनहरी रोभर रेन्जर क्र्युको सक्रियतामा पोष्टर, स्टिकर र पम्प्लेटहरु टाँस्ने काम अघि बढेको हो ।
मनहरी लाइभ डटकमसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता प्राप्त गरेको ३९ बर्षपछि आफूले काँग्रेसको नेतृत्व गर्न चाहेको बताउनुभयो । ‘२०४६ सालदेखि काँग्रेसमा आबद्ध भई २०४८ सालमा क्रियाशील सदस्यता पाएदेखि निरन्तर पार्टीकै काममा छु’, उहाँले भन्नुभयो–‘यसपटक मनहरी गाउँपालिकामा काँग्रेसको नेतृत्व गर्न चाहन्छु ।
न्वागी पर्व हरेक वर्षको भदौ २२ गते मनाउने गरिन्छ । मकवानपुर, गोर्खा, धादिङ, चितवन, तनहुँ र लमजुङ जिल्लामा मुख्यतया चेपाङ जातिको बसोबास छ । न्वागीका दिन घिरौँला, गाभा, घैया, धान लगायतका खानेकुराहरु राखेर विधिपूर्वक पुजा गरी पितृलाई चढाएपछि मात्रै खाने गर्दछन् ।
बागमती र राक्सिराङ गाउँपालिकाको वडा नं १ देखि ५ सम्मका ६२ जना बाख्रापालक किसानका लागि बीउको रुपमा बाख्रा बितरण गरिएको नारी सीप सृजना केन्द्रले जनाएको छ ।
मनहरी गाउँपालिका ६ स्थित संस्थाको कार्यालय परिसर, स्थानीय बालज्योति प्राथमिक विद्यालय परिसर र चुरियामाई मन्दिर परिसरमा गरी ७ सय थान बिरुवा रोप्ने कार्य सुरु भएको संस्थाकी अध्यक्ष लक्ष्मी राईले बताउनुभयो ।
गाउँपालिकाबाट विनियोजित २ लाख, जनश्रमदानबाट २ लाख, देउसीभैलो कार्यक्रममार्फत ५२ हजार लगायतको आर्थिक श्रोतको व्यवस्थापनबाट कुल रु ६ लाखको लागतमा उक्त मन्दिर निर्माण गरिएको हो ।
पक्राउ परेको काठ, ट्रक र उप्रेतीलाई कारबाहीका लागि डिभिजन वन कार्यालय राप्त मनहरीमा पेस गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

ताजा अपडेट