उहाँले सामान्य ज्वरो, रुघाखोकी लाग्ने बित्तिकै ‘बित्याँसै पा¥यो’ भन्ने ढंगले मानिसहरुले ठूलो बनाइदिँदा बिरामीको मनोबल घट्ने भएकाले सामान्यीकरण गर्दै बिरामीको उपचारका लागि सबैले सघाउ पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
आगामी जेठ १३ गतेसम्म जिल्ला प्रशासन कार्यालय मकवानपुरले समेत निषेधाज्ञा जारी गरेको सन्दर्भमा मेडिकल र क्लिनिकहरुबाहेक सबै प्रकारका व्यवसायहरु बन्द गर्न लागिएको मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिनुभयो ।
अनुगमन टोलीले प्रतिवेदन पेस गरेपछि काठ बितरण प्रक्रिया सुरु हुनेछ । प्रतिवेदन पेस भएर बितरण आदेश आउन एक/दुई दिन लाग्ने बताइन्छ ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक लगानीमा चालू आर्थिक बर्षमा भवनको माथिल्लो तला निर्माण थालिएको हो । माथिल्लो तलामा कार्यालय तथा सभा निर्माण र तल्लो तलामा व्यवस्थित शौचालय निर्माणका लागि २५ लाख रुपियाँ बिनियोजन भएको हो ।
तत्कालीन एमाले सचिव एकालाल श्रेष्ठलाई जबरजस्त रोयल पार्टी प्यालेसबाट अध्यक्ष घोषित गरिएपछि मुख्यमन्त्री डोरमणि पौडेल पक्षका नेताहरु खुसी छैनन् ।
हेटौडास्थित थ्री स्टार लेभलको होटलमा कर्मचारीहरुलाई राखेर रातदिन खटाइरहनु भएको छ प्रयोगशाला प्रमुख नारायण कार्की । तैपनि उहाँलाई मन्त्रीसम्मले फोनमा भन्छन् ‘यो चाहिँ मेरो मान्छे, लौन छिटो जाँच गरिदिनुप¥यो ।’
मैले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने वा राजीनामा माग्ने बिषयलाई प्राथमिकता दिएको होइन, प्रमुख बिषय परेवाभीर खण्डमा सडक निर्माण नै हो ।
योजनाहरुमा बागमती प्रदेश सभा सदस्य सन्तबहादुर प्रजा (चेपाङ) को सिफारिसमा रहेको बताइएको छ ।
अन्य सांसदहरुको समेत सल्लाह र सिफारिसका आधारमा गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरुको सिफारिस र माग बमोजिम विभिन्न मन्त्रालयहरुमार्फत बजेट बिनियोजन गराउन सफल भएको सांसद ग्लानले बताउनुभयो ।
कैलाश गाउँपालिकामा डाँडाखर्क, गोगने, कालिकाटार, नामटार र भार्तामा गरी ५ वटा स्वास्थ्यचौकी रहेका छन् । फिभर गन उपलब्ध हुनासाथ ५ वटै स्वास्थ्यचौकीमा ज्वरो जाँच केन्द्र स्थापना गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष मुक्तानले बताउनुभयो

छुटाउनु भयो कि?

ताजा अपडेट