कैलाश गाउँपालिकामा डाँडाखर्क, गोगने, कालिकाटार, नामटार र भार्तामा गरी ५ वटा स्वास्थ्यचौकी रहेका छन् । फिभर गन उपलब्ध हुनासाथ ५ वटै स्वास्थ्यचौकीमा ज्वरो जाँच केन्द्र स्थापना गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष मुक्तानले बताउनुभयो
गाउँपालिकाले ६ सय बोरा चामल किन्ने क्रममा सुमन कार्कीसहितको टोलीबाट २ लाख रुपियाँ नगद सहयोग प्राप्त गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
राक्सिराङ गाउँपालिका वडा नं ६ मा सञ्चालित सिलिङ्गे हेल्थ एण्ड बर्थिङ सेन्टरको अस्थायी जाँच केन्द्रमा एकसाताको अबधिमा ९५ जनाको स्वास्थ्य जाँच गरिएकामा ४३ जनाको ज्वरो जाँच गरिएको हो ।
मनहरी–कोरोना भाइरसको संक्रमण बढ्ने डरले लक डाउन घोषणा भएपछि कतिपय स्थानमा ज्याला मजदुरी गरेर बिहान–बेलुका हातमुख जोर्ने परिवारलाई समस्या भएको छ । दैनिक श्रम गर्ने र दाल चामल किनेर हातमुख जोर्ने...
मुख्यतः यस्तो बिषम परिस्थितिमा पनि जनप्रतिनिधिहरुलाई चलायमान राख्नु र आफै पनि अध्यक्ष/उपाध्यक्षहरु फिल्डमा पुगेर उर्जा प्रदान गर्नु नै ठूलो कुरा हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्टको चासो र चिन्ताका कारण स्वास्थ्य शाखाको सक्रियतालाई निकै उच्च बढाइएको छ । जसका कारण स्वास्थ्य संस्थाहरु अत्यन्तै व्यवस्थित पारिएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार नियमित विरामी बोक्ने एम्बुलेन्सका अलावा अर्काे सवारी साधनको व्यवस्था गरिएको छ । ‘अर्काे सवारी साधनले कोरोनाका सम्भावित बिरामी मात्रै बोक्नेछ’, अध्यक्ष मल्लले भन्नुभयो–‘अहिले चलिरहेको एम्बुलेन्सले नियमित काम गर्नेछ ।
मनहरी–कोरोना भाइरस नियन्त्रणका लागि भीडभाड गर्ने तबरका गतिविधि नगर्न मनहरी गाउँपालिकाले सबै वडामा माइकिङ गरेको छ । हरेक वडामा अटोमा माइक राखेर जिंगल प्रसारण गरिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो...
‘तीनैवटा गाउँपालिकाकाले स्थापना गरेको बिपद् व्यवस्थापन कोषमा जतिसक्दो चाँडो रकम जम्मा गरिदिनेछु’, सांसद चेपाङले भन्नुभयो । उहाँले विज्ञप्तीमार्फत रोग र भोकसँग लडिरहेको समुदायलाई सहयोग गर्न अन्य सरोकारवालाहरुलाई पनि आग्रह गर्नु भएको छ ।
नासो बढेपछि वडाध्यक्ष तितुङसहित मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति नारायण सुवेदी, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठ लगायतले चैत १४ गते शुक्रबार बिहान तरकारी पसलहरुको अनुगमन गर्नु भएको छ ।
मनहरी–दुबईबाट फर्केका मनहरी गाउँपालिका ८ निबासी युवा सजन गिरीले आफूमा कुनै किसिमको संक्रमण नभएकाले आतंकित नहुन आग्रह गर्नु भएको छ । बिहिबार फेसबुक स्टाटसमार्फत उहाँले विभिन्न...

छुटाउनु भयो कि?

ताजा अपडेट