Home दस्तावेजहरु

दस्तावेजहरु

मुख्यतः यस्तो बिषम परिस्थितिमा पनि जनप्रतिनिधिहरुलाई चलायमान राख्नु र आफै पनि अध्यक्ष/उपाध्यक्षहरु फिल्डमा पुगेर उर्जा प्रदान गर्नु नै ठूलो कुरा हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्टको चासो र चिन्ताका कारण स्वास्थ्य शाखाको सक्रियतालाई निकै उच्च बढाइएको छ । जसका कारण स्वास्थ्य संस्थाहरु अत्यन्तै व्यवस्थित पारिएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार नियमित विरामी बोक्ने एम्बुलेन्सका अलावा अर्काे सवारी साधनको व्यवस्था गरिएको छ । ‘अर्काे सवारी साधनले कोरोनाका सम्भावित बिरामी मात्रै बोक्नेछ’, अध्यक्ष मल्लले भन्नुभयो–‘अहिले चलिरहेको एम्बुलेन्सले नियमित काम गर्नेछ ।
नासो बढेपछि वडाध्यक्ष तितुङसहित मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति नारायण सुवेदी, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठ लगायतले चैत १४ गते शुक्रबार बिहान तरकारी पसलहरुको अनुगमन गर्नु भएको छ ।
मनहरी–कोरोनाको संक्रमण फैलन नदिनका लागि मनहरी गाउँपालिकाले स्वास्थ्यकर्मीको टिमलाई बलियो बनाउँदै लगेको छ । गाउँपालिकाले मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरेको ज्वरो क्लिनिक, आकस्मिक सेवा सञ्चालन लगायतका कामलाई व्यवस्थित गर्न स्वास्थ्यकर्मीहरुलाई...
अनुसन्धानका लागि स्थानीय युवालाई नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेका युवा गोली लागी गम्भीर घाइते भएका लालबहादुर मुक्तानको आफन्त भएको बताइएको छ । बिगतमा पनि पटक पटक झगडा भइरहने गरेको पाइएकाले अनुसन्धानका लागि युवकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ
संघको भवन बनाउनका लागि २० लाख रुपियाँ मूल्य पर्ने १० धूर जग्गा उपलब्ध गराउने व्यक्ति नै शुक्रबारदेखि संघको नेतृत्वकर्ता बन्नु भएको छ । केही समयदेखि नेतृत्वबिहिन भएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले नेतृत्व पाएको हो ।
मनहरी गाउँपालिका वडा नं ८ मा आयोजना भएको सार्बजनिक÷पर्ती जग्गा संरक्षण सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रममालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो–‘यो बस्ती हटाउँदैछ भनेर कसले हल्ला ग¥यो ?’ कोही पनि आतंकित नहुन र निराश नहुन अध्यक्ष उप्रेतीले भूमीहिनहरुलाई आग्रह गर्नुभयो ।
कैलाश–मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ तामलाङ गाउँमा मिस वल्र्ड २०१९ सहितको टोली पुगेको छ । कैलाश गाउँपालिकाद्वारा प्रदान भएको चिनो ठेकी प्राप्त गरेपछि खुसी हुँदै मिस वल्र्डकी अध्यक्ष मोर्ले र...
मनहरी–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले तत्कालीन नेकपा माओवादीका १९ जना नेता कार्यकर्ताको हत्या भएको स्थल मनहरी गाउँपालिका २ भिमान पुगेर श्रद्धाञ्जली सभा गरेको छ । सभामा नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य...
डेढ बर्षअघिबाट सुरु भएको यो अभियानले अब पुस २८ गते सार्थकता पाउँदैछ । मनहरी गाउँपालिका वडा नं ७ स्थित राष्टिय रोटरी माध्यमिक विद्यालयको चौरमा बालमैत्री स्थानीय शासन घोषणा हुँदैछ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबाट ।

छुटाउनु भयो कि?

ताजा अपडेट