मनहरीस्थित चतुर्मुखुी क्रसर तथा बालुवा प्रशोधन उद्योग प्रालिबाट ३ थान, सन्तोेषी बालुवा उद्योगबाट ४ थान, जनसेवा क्रसर उद्योगबाट २ थान, दुर्गालक्ष्मी एग्रिगेट्सबाट १ थान, ओम शान्त बालुवा उद्योगबाट १ थान, आफ्नै बालुवा उद्योगबाट १ थान, स्वस्तिक क्रसर उद्योगबाट १ थान र बर्ताैला बालुववा उद्योग तथा इन्जिनियरिङ वक्र्सबाट १० थान सिलिन्डिर कोभिड अस्पताललाई हस्तान्तरण गरिएको हो ।
‘राहत बाँड्ने भन्दै भूकम्पका बेलाजस्तो हरलधरल गरेर कसैलाई राजनीति गर्नुपर्ने वा कसैलाई समाजसेवी भनेर चिनिनुपर्ने कुरामा हामी सहमत छैनौँ’, अध्यक्ष उप्रेतीले मनहरी लाइभ डटकमसँग भन्नुभयो ।
मनहरी–कोरोना भाइरसको संक्रमण बढ्ने डरले लक डाउन घोषणा भएपछि कतिपय स्थानमा ज्याला मजदुरी गरेर बिहान–बेलुका हातमुख जोर्ने परिवारलाई समस्या भएको छ ।
दैनिक श्रम गर्ने र दाल चामल किनेर हातमुख जोर्ने...
मुख्यतः यस्तो बिषम परिस्थितिमा पनि जनप्रतिनिधिहरुलाई चलायमान राख्नु र आफै पनि अध्यक्ष/उपाध्यक्षहरु फिल्डमा पुगेर उर्जा प्रदान गर्नु नै ठूलो कुरा हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्टको चासो र चिन्ताका कारण स्वास्थ्य शाखाको सक्रियतालाई निकै उच्च बढाइएको छ । जसका कारण स्वास्थ्य संस्थाहरु अत्यन्तै व्यवस्थित पारिएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार नियमित विरामी बोक्ने एम्बुलेन्सका अलावा अर्काे सवारी साधनको व्यवस्था गरिएको छ । ‘अर्काे सवारी साधनले कोरोनाका सम्भावित बिरामी मात्रै बोक्नेछ’, अध्यक्ष मल्लले भन्नुभयो–‘अहिले चलिरहेको एम्बुलेन्सले नियमित काम गर्नेछ ।
‘तीनैवटा गाउँपालिकाकाले स्थापना गरेको बिपद् व्यवस्थापन कोषमा जतिसक्दो चाँडो रकम जम्मा गरिदिनेछु’, सांसद चेपाङले भन्नुभयो । उहाँले विज्ञप्तीमार्फत रोग र भोकसँग लडिरहेको समुदायलाई सहयोग गर्न अन्य सरोकारवालाहरुलाई पनि आग्रह गर्नु भएको छ ।
नासो बढेपछि वडाध्यक्ष तितुङसहित मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति नारायण सुवेदी, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठ लगायतले चैत १४ गते शुक्रबार बिहान तरकारी पसलहरुको अनुगमन गर्नु भएको छ ।
मनहरी–दुबईबाट फर्केका मनहरी गाउँपालिका ८ निबासी युवा सजन गिरीले आफूमा कुनै किसिमको संक्रमण नभएकाले आतंकित नहुन आग्रह गर्नु भएको छ ।
बिहिबार फेसबुक स्टाटसमार्फत उहाँले विभिन्न...
गाउँपालिकाले अनिकालग्रस्त बस्तीमा कोरोनाको संक्रमणको आशंका भएमा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाको सिफारिसमा सरकारले तोेकेको अस्पतालमा कोरोना जँचाउने चेपाङ बिरामीका लागि यस्तो निर्णय गरेको अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । ‘अनिकालले थिलो थिलो भएको बस्तीमा कोरोनाको उपचार गर्न जाने पैसा पनि हुँदैन, एम्बुलेन्स चढ्न सक्ने हैसियत पनि हुँदैन’, अध्यक्ष मल्लले भन्नुभयो–‘यस्तो बेला स्थानीय सरकारले उनीहरुको पीडामा सहायता गर्नका लागि हामीले निर्णय गरेका छौँ ।’
चारैवटा नाकाबाट प्रवेश हुने मानिसहरुको अभिलेख राखिने र सोधपुछ गरी निगरानी गर्नेगरी स्वास्थ्यकर्मी खटाउने निर्णय समितिले गरेको हो । यसैगरी समितिको बैठकले कोरोना संक्रमण नियन्त्रण अभियानमा सहभागी हुने सबै स्वास्थ्यकर्मीहरुलाई थप अतिरिक्त भत्ताको व्यवस्था गर्ने निर्णय निर्णय गरेको छ भने आवश्यक औजारहरु, सामग्रीहरु खरिद गर्ने निर्णय गरेको छ ।