मनहरी–कात्तिक २७ गते । छठ लगत्तै अन्य क्याम्पस तथा विद्यालयमा पठनपाठन सञ्चालनमा आएको छ । तर मनहरी ८ स्थित मनहरी बहुमूखी क्याम्पसमा भने हालसम्म पनि पठनपाठन हुन सकेको छैन् ।

दशै, तिहार र छठ पर्बको लामो बिदा पश्चात प्राय शिक्षालय सञ्चालन भइसक्दा पनि यहाँ भने कक्षा सञ्चालन हुन नसकेको हो । क्याम्पसमा विद्यार्थी भने नियमित आउने गरेको छन भने प्राध्यापक भने क्याम्पसमा उपस्थित नै नभएको पाइएको हो ।

कारण हो १६ महिना देखि प्राध्यापकहरुको तलश निकाशा नहुनु । क्याम्पसमा विद्यार्थी आउदाँ पनि तपाईहरु किन पढाउन नआउनुभएको भन्ने प्रश्नमा प्राध्यापक संयोजक मनोज मोक्तानले १६ महिना देखि बेतलबी हुदा क्याम्पस ब्यबस्थापनले कहिल्यै वास्ता नगरेको भन्दै खाली पेटले पढाउन नसकिने बताउनुभयो ।

निरन्तर क्याम्पसलाई सहयोग गरिरहेको तर अहिले हदै पार गरिसकेपछी बाध्य भएर सामुहिक पेन डाउन गर्न बाध्य भएको दुखेसो समेत पोख्नुभयो । विद्यार्थी पढ्न पाउनु उनीहरुको नैसर्गीक अधिकार भन्ने थाहा हुदाँ पनि पढाउन जान नसकिएको उहाँले बताउनुभयो । क्याम्पस प्रमुख अमित पौडेल बिगत ३ महिना देखि अस्वस्थताका कारण देखाउदैँ क्याम्पसमा उपस्थित नै हुनुहुन्न् ।

यस विषयमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष उप्रेतीलाई बुझ्दा यसबारे कुनै पनि कुरा विद्यालय प्रशासनले जानकारी नगराएको बताउनुभयो । मनहरी लाइभसंग कुरा गर्दै उहाँले भन्नुभयो “यस बारेमा मलाई केही पनि थाहा छैन् । भर्खरै तपाईँले भन्दा मात्र थाहा भयो । लामो समय देखि चुनावी अभियानमा लेकतिर छु ।” विद्यालयका क्याम्पस प्रमुख विरामी हुनुहुन्छ भन्ने सुनेको हुँ तर आधिकारिकरुपमा मलाई थाहा छैन् । उहाँले भन्नुभयो ।”

त्यस्तै यसै विषयमा क्याम्पस प्रमुख पौडेललाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुन सकेन् । यसरी विद्यार्थीको भविष्य माथि खेलवाड गर्ने क्याम्पस व्यवस्थापन समिति र प्रशासन यस विषयम चनाखो हुनुपर्ने देखिन्छ ।

यता क्याम्पसका अध्यक्ष एबम् मनहरी गाउपालिकाका पूर्ब अध्यक्ष एकराज उप्रेती भने आन्तरिक कारण भन्दै पन्छिएको सोही क्याम्पसमा अध्ययनरत एक बिद्यार्थीले बताएका छन् ।

विद्यार्थीहरु भने कसरी हुन्छ क्याम्पस प्रसाशन र ब्यबस्थापकले आफुहरुलाई पढ्ने वातावरण बनाउनु पर्ने माग गर्दै यसरी बिद्यार्थीको भबिष्यमाथी खेलवाड नगर्न आग्रह समेत गरेका छन् ।

२०६९ सालमा स्थापना भएको यस क्याम्पसको सस्थापक अध्यक्ष खुशिलाल मुक्तानको अध्यक्षतामा स्थापित यस क्याम्पस पश्चिम मकवानपुरकै एक मात्र उच्च शिक्षालय रहेको र निर्बाचन क्षेत्र अन्तर्गत दोस्रो उच्च शैक्षिक स्थलको रुपमा स्थापित हुँदै आईरहेको छ । क्याम्पसमा अमित पौडेल, किशोर पौडेल, गोबिन्द बर्तौला, दिपेन्द्र गौतम, मनोज मुक्तान र सुष्मिता लामा लगायतकाले अध्यापन गराउदै आईरहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here