मनहरी–कात्तिक २२ गते । नेकपा (एस) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला प्रतिनिधि सभा २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई संयुक्त चुनावी सभामा कुटपिट भएको भन्ने समाचार गलत भएको गठबन्धनका नेताहरुले बताएका छन् ।

मनहरी गाउँपालिका वडा ४ को गोलघरमा लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलामा खतिवडालाई माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको भन्ने समाचार बाहिरिएको थियो । तर उक्त समाचार झुटो भएको भन्दै लोकतान्त्रिक बाम गठबन्धनका नेताहरुले प्रेस विज्ञप्ती निकालेका छन् ।

संयुक्त भेलालाई सम्बोधन गर्न गोलघर पुग्नुभएका खतिवडा नजिकै अत्याधिक मदिरा सेवन गरी आएका एक व्यक्ति ढलेको र उक्त व्यक्तिलाई उपचारको लागि प्रहरीलाई खबर गरी पठाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

समाचारमा उल्लेखित मदिरा सेवन गर्ने व्यक्ति पुरुषोतम खड्का स्थानीय बासिन्दा तथा नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटी सदस्य रहेको समेत उल्लेख गरिएको भन्दै उक्त कुरा सरासर गलत भएको विज्ञप्तीमा उल्लेख छ ।

सोही विषयलाई लिएर केही सञ्चारमाध्यमले गलत सुचना प्रवाह गरिएको प्रति निन्दा र खण्डन समेत गरिएको छ । जारी विज्ञप्तीमा नेपाली कांग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटीका सचिव सञ्जिव पाठक र नेकपा (एस) का मनहरी गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठले संयुक्तरुपमा हस्तार गर्नुभएको छ । एकतर्फी, पूर्वाग्रही, भ्रमपूर्ण समचार सम्प्रेसन नगर्न समेत अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here