हेटौँडा–कात्तिक २१ गते । ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ भन्ने बोलको चुनावी गीत सार्वजनिक गरिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एबम् मकवानपुर क्षेत्र नम्वर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी चुनावी गीत सार्वजनकि गर्नुभएको हो ।

सोमबार बानियाँको चुनावी गीत उहाँकै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । मकवानपुरे साहित्यकार केशव सर्मपणको रचना रहेको गीतमा विमलराज क्षेत्री र सरु थापाको स्वर रहेको छ ।

समूह गायनमा स्मृती शाही, पुष्पा बोहरा, विपिन घिमिरे र पवन विकेको स्वर रहेको गीतमा योगेश काजीले संगीत संयोजन गर्नुभएको छ भने लोकराज अधिकारीको सम्पादन रहेको छ । गीतको भिडियो संयोजन बिनोद चौलागाईले गर्नुभएको हो ।

हेरौ उक्त चुनावी गीतको भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here