राक्सिराङ–कात्तिक १६ गते । केपि शर्मा वली महा मण्डले र एमाले बेईमान भएको मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ (ख) का प्रदेश सभा सदस्य उमेद्वार ईन्द्र बहादुर बानियाले राक्सिराङ गाउपालिकाको ५ र ८ नम्बरका संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको सभालाई सम्बोधन गर्दै के पि वली महा मण्डले र एमाले बेईमानको पार्टी भएको बताउनुभएको छ ।

बाम लोकतान्त्रिक गठबन्धनमा लोकतन्त्रको पहरेदार र सचा कम्युनिस्टहरु एक ठाउँमा रहेको र नक्कली कम्युनिस्ट र मण्डलेहरु अर्काे समुहमा बिभाजित भई चुनावमा होमिएको र यो महा संग्राममा संबिधानको रक्षा गर्ने पक्षधर बाम लोकतान्त्रिक गठबन्धनको जित शुनिस्चित रहेको बताउनुभयो ।
साथै पूर्व प्रधान मन्त्री वली महा मण्डले भएको र एमाले पार्टी बेईमान भएको समेत आरोप लगाउनुभयो । परिवर्तनको पक्षधर अहिले एक ठाउमा रहेको बताउदै अब जनताले वास्तविक परिवर्तनकारी शक्तिलाई चिनिसकेको बताउनुभयो ।

फरक प्रसंगमा बानियाँले आफ्नो पढाईको बिषयमा एमालेका उमेद्वारले गरेको टिप्पणीलाई कटाक्ष गर्दै तपाईको बा ले भन्दा २–४ कक्षा बढी पढेकोछु र आवश्यक परे लाल बहादुर थापा र ईन्द्र बहादुर बानियाँको शैक्षिक प्रमाण पत्र सार्वजनिक गराँै कस्को कती रहेछ भन्दै निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गरौँ भन्दै अपिल समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here