राक्सिराङ–कात्तिक १६ गते । अहिलेको एमाले बिरोध खतिवडा भएको जस्तो एमाले नभई बिचरा एमाले भएको मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का उमेद्वार बिरोध खतिवडाले बताउनुभएको छ ।

राक्सिराङ गाउँपालिकाको ५ र ८ नम्बरका संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको सभालाई सम्बोधन गर्दै यदी एमाले बलियो भएको भए डोरमणी पौडेल आँफै मैदानमा आउने समेत बताउनुभयो ।

बिरोध खतिवडा उठेको भएर डरले वडा र गाँउपलिकामा हारेका उमेद्वारलाई बटुलेर चुनाव लड्न आएको भन्दै वडा तथा गाँउपालिका जित्न नसक्नेले जिल्ला जित्न नसक्ने भन्दै बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुले मकवानपुरको २ वटा संघ र ४ वटा प्रदेश गरी ६ वटै निर्वाचन क्षेत्रमा जित शुनिस्चित गरिसकेको र बिजय जुलुस निकाल्न बाँकी रहेको बताउनुभयो ।
सम्बोधनकै क्रममा उहाँले एमालेलाई अहिले सन्नीपात ज्वरो आएको छ त्यसैले होस हराएको बेला के बोल्छ आँफैलाई थाहा नहुने भएको भन्दै कटाक्ष समेत गर्नुभएको छ ।

आफुले बोलेको कुरा आँफैलाई थाहा नहुने केपी वली र केपी वलीजन एमाले जे मन लाग्यो त्यही बोल्दै हिँडेको आरोप लगाउनुभयो ।

परेवा भिरको प्रसङ्गलाई जोड्दै मुख्यमन्त्री भनौदा पौडेलले चेपाङ मरे मर्छ त्यहा बाटो बन्दैन भन्नेले अहिले बाटो बनेर गाडी सरर हिंड्ने भएपछी डाहाले छटपटी भएको बताउनुभयो । उस्तै पर्‍यो भने एमालेलाई मङ्सिर ४ गतेको चुनावले अन्तरे जन्तरे पार्टी बनाउने पक्का रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here