राक्सिराङ–कात्तिक १६ गते । आसन्न मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टी भित्रका मदभेद र बेमेलका बिच धेरै पार्टीका नेताहरुले पार्टीको निर्देशनलाई लत्याउँदै स्वतन्त्र उमेद्वारी दर्ता गराए ।

उमेद्वार बनेका मध्ये एक हुन खुशीलाल चेपाङ । कार्तिक १५ गते पार्टीका नेता तथा बाम लोकतान्त्रिक गठबन्धनबाट उमेद्वार बनेका नेपाली काङ्रेस बागमती प्रदेश सभापति ईन्द्र बानिया संगको छलफलबाट पार्टीका नेताहरुसंगको छलफलको क्रममा आफुले जनताको समस्यालाई लिएर चुनावमा होमिएको र त्यही समस्या समाधान गर्न आफु लोभि भएको र ब्यक्तिगत लोभ नभई सामुदायिक लोभको लागि लागि परेको बताउदै ति सामुदायिक समस्या समाधानको लागि बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार तयार रहेकाले आफुले गठबन्धनलाई सहयोग गरेको बताउनुभयो ।

खुशीलाल चेपाङ लोभि छ पैसामा बिक्यो भन्नेहरुको लागि जवाफ दिदै उहाँले उत्पिडन र पिछडिएका समुदायको आवाजलाई प्रतिनिधित्व गरेर निर्वाचनमा होमिएको ईन्द्र बानियासंग एक पैसा त के कुनै पनि सम्झौता नभएकोे बताउनुभयो ।
राक्सिराङ गाउपालिका वडा नम्बर ८ को देबिटारमा आयोजित ५ र ८ नम्बरको संयुक्त सभालाई सम्बोधन गर्दै संबिधानको रक्षार्थ पनि अहिलेको बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनु अहिलेको आवश्यक रहेको र आफुपनी यही गठबन्धनलाई जिताउन भोट माग्न हिंड्ने बताउनुभयो ।

माओवादी केन्द्रका नेता एबम नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष समेत रहनुभएको उहाँ मकवानपुर जिल्ला प्रदेश सभा २ ख तर्फ प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरी बलेको चिम (बत्ती) चुनाव चिन्न लिएर निर्वाचनमा होमिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here