मनहरी– कात्तिक १५ गते । आगामी मसिंर ४ गते हुने निर्वाचनमा मकवानपुर –२ (ख) बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिनुभएका खुसि लाल चेपाङले निर्वाचन आयोगबाट आफ्नो उम्मेदवारी फिर्ता लिन नमिल्ने भए पनि राजनितिक रुपमा उम्मेदवार नबन्ने बताउनुभएको छ ।

No description available.

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै चेपाङले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिन नमिले पनि राजनितिकरुमा उम्मेदवार नबन्ने निर्णय गरेको बताउनुभयो ।

मंगलबार एक प्रेस जारी विज्ञप्तीमा चेपाङले नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समिति सदस्य समेत रहेको भन्दै चेपाङ उम्मेदवार छनौट प्रक्रियामा असन्तृष्ट जनाउदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका उल्लेख गर्नुभएको छ ।
आफ्नो उम्मेदवारीले नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्राप्त गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीहरुमा गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धती माथि नै घात हुने भन्दै त्यसको रक्षाको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँ लगायत अन्य उम्मेदवारलाई विजयी गराउन भोट अपिल गर्दै जनता माझ जाने समेत प्रष्ट पार्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here