थाहानगर–कात्तिक ६ गते । आसन्न आम निर्वाचनको सन्दर्भमा उत्तरी मकवानपुरको थाहानगरमा सत्ता गठबन्धनले बृहद् कार्यकर्ता भेला गरेको छ । भेलामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो ।

यसअघि प्रतिनिधि सभा क्षेत्र नं २ को उम्मेदवार दाबी गर्नु भएका माओवादी नेता एबम् निवर्तमान राष्ट्रिय सांसद राम नारायण विडारी पनि गठबन्धनको कार्यक्रममा सहभागी हुनु भएको छ । उहाँले गठबन्धनको कार्यक्रमलाई सम्बोधन समेत गर्नु भएको छ ।

हेटौंडा–आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको थाहा नगरपालिकामा वृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एबम् प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार विरोध खतिवडाले एमालेको प्रतिगमनविरुद्ध बनेको गठबन्धनले मकवानपुरको ६ वटै सिट जित्ने दाबी गर्नुभयो । उहाँले ओलीलाई बर्खास्त गरेर सरकार चलाउँदा एमाले सरकारमा हुँदा बिग्रिएको थिति सुधार गर्दैमा समय खेर गएको भन्दै सत्ता गठबन्धनको जीतसँगै राजनीतिक स्थिरता प्राप्त हुने बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा र ब्यवस्था बचाउनको लागि अहिलेको गठबन्धन बनेको बताउनुभयो ।

केपी ओलीको अराजकता, उदण्डता, भ्रष्टाचार, राजतन्त्रको पुनःस्थापन रोक्न आगामी निर्वाचन निर्णायक हुने पनि उहाँको भनाई थियो । १९ दिने जनआन्दोलन दबाउने, परिवर्तन विरोधी कमल थापा र देश टुक्र्याउँछु भन्ने सिके राउतसँग मिलेमतो गरेर चुनावमा होमिएकाले एमालेले झनै जनताको विश्वास गुमाएको बानियाँको भनाई थियो ।

नेकपा माओवादीकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ (क) मा उम्मेदवार बनेकी कुमारी मोक्तानले गठबन्धनको भावनालाई आत्मसात गरी परिवर्तन पक्षधर उम्मेदवारलाई विजयी बनाउन सबैमा आग्रह गर्नुभयो ।

एमालेले जितेमा मुलुक फेरि पछाडि धकेलिने भएकाले गठबन्धनभित्र हिजोका केही त्रुटी कमजोरी भएको भए पनि त्यसलाई मनमा नलिई प्रतिवद्ध भएर मतदान गर्न उहाँले अनुरोध गर्नुभयो ।

नेकपा माओवादी केन्द्र थाहा नगरपालिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, राष्ट्रिय जनमोर्चाका सचिव दिनेश विष्ट, कांग्रेस महासमिति सदस्यद्वय जयराम लामिछाने र उमा दाहाल, कांग्रेस मकवानपुर सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन परिचालन समिति जिल्ला संयोजक बुद्ध लामा, नेकपा समाजवादीका केन्द्रीय सदस्य सोनामसिं स्याङतान, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारीलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here