मनहरी–कात्तिक ६ गते । नेकपा एमाले राक्सिराङका नेता बाबुलाल स्याङ्तान र काँग्रेस मनहरी गाउँ इकाई सभापति प्रकाश बर्ताैलाबीच कटाक्ष सुरु भएको छ ।

केही दिनअघि नेपाली काँग्रेसका बागमती प्रदेश सभापति समेत रहनु भएका इन्द्रबहादुर बानियाँले कोरोना, बाढीपहिरो, अनिकालका समयमा यस क्षेत्रका बासिन्दालाई खाद्यान्न, लत्ताकपडाहरु बितरण गर्दा एमालेका नेताहरु कता हुनुहुन्थ्यो भनेर नेपाली काँग्रेसका नेता बर्ताैलाले सार्बजनिक रुपमा प्रश्न गर्नु भएको थियो ।

त्यसको जबाफ फर्काउँदै एमाले नेता स्याङ्तानले कुहिएको चामल र मस्यौरा बाँडेर जनतालाई माग्ने बनाउने काम गरेको भन्दै ‘मनहरीतिरका सभापति कि के कुन्नि’ ले भाषण गरेको भनेर व्यंग्य गर्नु भएको थियो ।

स्याङ्तानले गरेको ब्यंग्यको प्रतिजबाफ फेरि बर्ताैलाले मनहरी ९ रजैयामा आयोजित गठबन्धनको कार्यक्रममा दिनु भएको छ । ‘उहाँले मलाई चिन्नु भएनछ तर म उहाँलाई चिन्छु ।

मलाई पनि चिनिराख्नुस्, अब देशमा एमालेको काम छैन भनेर एमाले पत्तासाफ पार्नका लागि कसम खाएर लागेको एउटा सिपाही म हुँ र मनहरीमा मेरै नेतृत्वमा एमाले पत्तासाफ भएको यहाँलाई जानकारी छ कि छैन ?’ बर्ताैलाले अघि भनेका छन्–‘तपाई त्यही बाबुलाल होइन, वडाध्यक्ष हुँदा रातसाँझ सेतो प्लेटको मोटरसाइकल दुरुपयोग भयो भनेर केटाहरुले कठालो समातेको ? त्यो घटनामा हामीले नै सहजीकरण गरेर पठाएको बिर्सनुभयो कि ?’

बर्ताैलाले मन्तब्यको क्रममा इन्द्रबहादुर बानियाँ र विरोध खतिवडाले विद्यार्थीलाई पैसा बाँडेको भनेर भ्रम फैल्याएको भन्दै एमाले पार्टी विद्यार्थी, बृद्धबृद्धा र महिलाप्रति अनुदार पार्टी रहेको र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टमाथि अन्याय गरेको स्मरण समेत गराउनुभयो ।

बिस्तृत यो भिडियोमा छ । क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here