मनहरी–असोज ३० गते । नेपाली काँग्रेसका असन्तुष्ट मानिएका नेता शंकर न्यौपानेले पार्टी छाडेको भन्ने हल्लाको उहाँ आफै काँग्रेसको कार्यक्रममा सहभागी भएर जबाफ दिनु भएको छ ।

उहाँ मनहरी गाउँपालिका वडा नं ६ मा आयोजित वडास्तरीय कार्यक्रममा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँसँगै सहभागी हुनु भएको थियो ।

‘शंकर न्यौपाने एमालेमा प्रवेश गर्न खोजेको भन्ने हल्ला चलाइएको रहेछ’, उहाँले भन्नुभयो–‘मैले एमालेसँग हिमचिम गरेको प्रमाण कहीँकतै छ भने कारबाही गरे हुन्छ, तर एमालेजस्तो पार्टीलाई सघाएर अघि बढ्ने मेरो मनशाय वा योजना छैन ।’ अहिले संविधान रक्षाका लागि सबैजना गठबन्धनलाई सघाउ गरेर अघि बढ्नुपर्ने उहाँले भनाई राख्नु भयो ।

पार्टीको अन्तर संघर्षमा केही वाद विवाद र केही कटाक्ष भए पनि नेपाली काँग्रेसबाट पछि हटेर अर्काे बाटो मोड्ने कुरा आफूले नसोचेको उहाँले बताउनुभयो । मनहरीलाइभ डटकमसँग प्रतिक्रिया दिँदै उहाँले थप भन्नुभयो–‘मेराबारे मेरै नेताहरुलाई केही मान्छेहरुले गलत कुरा लगाएका छन्, त्यस्तो भ्रम हट्नु जरुरी छ ।’ इन्द्रबहादुर बानियाँ पार्टीको नेता र उम्मेदवार भएकाले उहाँलाई जिताउनका लागि आफू हरसम्भव खटिने पनि पनि उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसको गतबर्ष मनहरी गाउँपालिका अधिबेसनमा प्रकाश बर्ताैलाद्वारा पराजित न्यौपानेले यसपटकको निर्वाचनमा अध्यक्षको प्रत्यासी बन्न चाहनु भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षका प्रत्यासी हुनु भएका उहाँ एमालेका एकराज उप्रेतीसँग ३०९ मतले पराजित हुनु भएको थियो ।

तर, २०७९ मा अध्यक्षको टिकट नपाएपछि उहाँसहित भरत पराजुली लगायत केही नेताहरुले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँविरुद्ध आक्रोश पोख्दै नेपाली काँग्रेस (बिपी) बाट उम्मेदवारी दर्ता गराएपनि पछि फिर्ता लिएर पार्टीको उम्मेदवारको पक्षमा लाग्नु भएको थियो । अहिले पराजुली भने पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here