मनहरी–असोज २८ गते । शुक्रबार मनहरी बचत तथा ऋण सहकारीको बार्षिक भेला भएको छ । भेलाले विष्णु प्रसाद भट्टको अध्यक्षतामा नयाँ कार्यस समिति समेत निर्माण गरेको छ ।

शुक्रबार भएको भेलाले भट्टलाई अध्यक्ष पदमा सर्वसम्मतरुपमा निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्षमा हरिशरण अर्याल, सचिवमा बलराम बानियाँ, कोषाध्यक्षमा नरहरी सुवदीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

सदस्यहरुमा रेखा पुलामी मगर, इश्वरी सुनार, सुवास सुवदी, पशुपति बर्ताैला लगायतका रहनु भएको छ भने लेखा समितिको संयोजकमा शंकरप्रसाद कालाखेतीलाई सर्वसम्मत निर्वाति गरेको हो । भेलामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो ।

त्यस्तै शुक्रबारै साना किसान सहकारी संस्थाले पनि आफ्नो बार्षिक भेलाको दोस्रो बैठक गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको मनकामना मन्दिर परिसरमा संस्थाले बार्षिक भेला गरेको हो ।

भेलामा संस्थाको आर्थिक वर्ष २०७८/०८० को आर्थिक विवरण समेत पेश गरिएको थियो । शनिबार मनहरी ८ मा तेस्रो बैठक हुने संस्थाका अध्यक्ष बिमला कार्कीले बताउनुभयो ।

शुक्रबार भएको बार्षिक भेलामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थामा आवद्ध समुह तथा शेयर सदस्यहरुको उपस्थिति रहेको भेलामा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य नमराज सुवेदी, संस्थाका प्रबन्ध निर्देशक ज्योति सुवेदी लगायतकाको उपस्थिति रहेको थियो । भेलामा संस्थाका अध्यक्ष बिमला कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here