मनहरी–असोज २६ गते । प्रतिनिधि सभा क्षेत्र नं २ का सत्ताधारी गठबन्धनका उम्मेदवार एबम् नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरुसँग कुनै गुनासो नरहेको बताउनु भएको छ ।

उहाँले राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा तथा बाम एकताका लागि गरिएको संघर्षलाई सिंगो एमालेसँगकै संघर्षको रुपमा बुझ्न नहुने बताउनुभयो ।

‘हामीले केपी ओली प्रबृत्तिका विरुद्ध लडाई लडेका हौँ र यो लडाईलाई टुंगोमा पु¥याउनेछौँ’, पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनु भएका खतिवडाले भन्नुभयो–‘एमालेभित्रका इमान्दार र विधि पद्धति पक्षधर नेता, कार्यकर्ता र मतदाताप्रति म अहिले पनि सम्मान गर्दछु ।’
तर, केपी प्रबृत्तिको विरोध नगर्ने र बार्दलीको आदेशलाई अक्षरस पालना गर्नेहरुका विरुद्ध सँधै संघर्षमा लागिरहन र पार्टीभित्र अर्काे ओली जन्मने स्थिति बन्न नदिन कार्यकर्ताहरुको खबरदारी रहनुपर्ने उहाँको भनाई छ ।

निरन्तर निर्वाचनमा बिजयी हुँदै आउनु भएका खतिवडाले यतिखेर देशभर सत्ताधारी गठबन्धन र राजावादी तथा एमालेको गठबन्धनबीच संघर्ष चलिरहेको बताउनुभयो । ‘हामी राजनीतिक एजेण्डामा, संख्यामा, तथ्यांक र थितिमा सही ठाउँमा छौँ’, उहाँको भनाई थियो । गठबन्धन दलका नेता कार्यकर्ताहरुसँग सौहाद्र्धपूर्ण वातावरण बनाउन र अनावश्यक टिका टिप्पणी नगर्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले तत्कालै गठबन्धनको जिल्ला स्तरीय बैठकबाट केही नयाँ निर्देशनहरु आउने र गाउँ, क्षेत्र, वडा लगायत निकायहरुको संयुक्त बैठकहरु अघि बढ्ने जानकारी दिनुभयो ।

मनहरी गाउँपालिका स्तरीय बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज राजाराम स्याङ्तान, जिल्ला सचिव बिष्णुप्रसाद दाहाल, प्रतिनिधि सभा संयोजक भूमिनन्द अर्याल, युवा संघ जिल्ला अध्यक्ष किरणमान बल, जिल्ला सचिवालय सदस्यहरु, जिल्ला सदस्यहरु, मनहरी गाउँ कमिटी सदस्यहरुको सहभागिता थियो । पार्टी अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा विभिन्न वडाबाट रिपोर्टिङ भएको थियो भने उम्मेदवार खतिवडासँग सबाल जबाफ भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here