मनहरी–असोज २४ गते । यहि असोज २४ गतेबाट हुने भनिएको मनहरी गोल्डकप नकआउट फुटबल प्रतियोगिता स्थगित भएको छ ।

पछिल्लो समय देशभर फैलिरहेको डेंगी संक्रमणलार्इृ मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको फुटबल क्लब मनहरीले जनाएको छ ।

सोमबार एक सुचना जारी गर्दै क्लबका अध्यक्ष शुशिल कुमार ब्लोनले प्रतियोगिता स्थगित गरिएको बारे जानकारी गराउनुभएको हो ।नेपालीहरुको महान पर्व शुभ दिपावलीको पावन अवसरमा क्लबले मनहरी गोल्डकपको आयोजना गरेको थियो ।

साथै हाल स्थगित गरिएको प्रतियोगिता वातावरण अनुकुल हुने वित्तिकै सञ्चालन गरिने सुचनामा उल्लेख गरिएको छ । यो संगै मनहरी गोल्डकप नकआउट फुटबल प्रतियोगिता सञ्चालन अनिश्चित बनेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ सय तथा शिल्ड, मेडल र प्रमाण पत्र र दोस्रो हुने टिमलाई ५० हजार ५० रुपँैया सहित शिल्ड मेडल र प्रमाण पत्र सहितको पुरस्कार राशी राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here