मनहरी–असोज २४ गते । पछिल्लो समय डेंगी संक्रमण बढिरहेको बेला डेंगी संक्रमण नियन्त्रणका लागि मनहरी गाउँपालिका विपत व्यवस्थापन समितिको बैठक बसेको छ ।

सोमबार बसेको बैठकले डेंगी संक्रमण नियन्त्रणका लागि सचेतना कार्यक्रम अन्तर्गत गाउँ–गाउँमा घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै गाउँपालिकाले यस अघि वडा नम्बर ६, ७ र ८ मा डेंगी संक्रण रोकथामका लागि गाउँ–गाउँमा अटोको माध्यमबाट बजाउदैँ आएको जिंगल प्रत्येक वडाका गाउँ–गाउँमा लाने निर्णय गरेको छ ।

त्यस्तै सबै वडाहरुमा सरसफाइ अभियानलाई पनि सञ्चालन गर्ने निर्णय गरेको छ । साथै मनहरी बजार लगायतका ब्यस्त स्थानहरुमा लामखुट्टे नाशक स्प्रे छर्ने निर्णय समेत गरेको छ ।

बैठकमा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष तथा विपत व्यवस्थापन समितिका संयोजक रञ्जन कालाखेतीले लामखुट्टे बस्ने सम्भावित क्षेत्रहरुको सरफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

साथै यसबाट जोगिन समस्त गाउँपालिकाबासीलाई आग्रह समेत गर्नुभएको छ । साथै बैठकले मनहरी गाउँपालिका अन्तर्गत ३ वटा विद्यालयमा कार्यरत विद्यालय नर्सहरुलाई पनि परिचालन गर्ने निर्णय गरेको छ ।

हाल विद्यालयहरु बन्द रहेकावे समयमा डेंगी नियन्त्रण गर्न जनशक्ति अभाव भएको भन्ने कुरा उठेपछि जनशक्ति व्यवस्थापनको लागि विद्यालय नर्सहरुलाई समेत परिचालन गर्न लागिएको स्वास्थ्य संयोजक रामचन्द्र दाहालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here