मकवानपुर जिल्लाको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरुले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउसो निर्वाचन अधिकृतको कार्यालयमा र्याली सहित पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्वर १ मा महालक्ष्मी उपाध्याय (डीना) र क्षेत्र नम्वर– २ मा विरोध खतिवडाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै क्षेत्र नम्वर १ (क) बाट प्रेमबहादुर पुलामी, १ को (ख) मा नेपाली कांग्रेसका आनन्द पराजुली, प्रतिनिधी सभा क्षेत्र नम्वर २ (क) बाट कुमारी मोक्तान र (ख) बाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यस्तै नेकपा एमाले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी प्रतिनिधी सभा क्षेत्र नम्बर–२ मा महेश कुमार बर्तौला, क्षेत्र नम्बर–१ को (क) मा कमल बहादुर विष्ट र (ख) मा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर–२ को (क) मा बिष्णु ढकाल र (ख) मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य दिपकबहादुर सिंहले मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाको लागि उम्मेद्वारी दर्ता गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सिंहले उम्मेद्वारी दर्ता गर्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुरमा भरत पराजुली र टाकाराज थापाले मनोनयन दर्ता गराउनुभएको छ । पराजुलीले मकवानपुर २ र थापाले मकवानपुर १ बाट मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै विपी काङ्ग्रेसबाट प्रतिनिधी सभा क्षेत्र नम्बर २ (ख) मा पदम तितुङले उम्मेदवारी दर्ता गराउनु भएको छ भने स्वतन्त्रतर्फ नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङले पनि प्रदेश सभा २ (ख) मा नै उम्मेदवार दर्ता गराउनुभएको छ ।

May be an image of 7 people, people sitting, people standing and outdoors
May be an image of 3 people and people standing

त्यस्तै क्षेत्र नम्वर १ बाट हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दिनुभएको छ । सोही दलबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेश (क) मा किशोर रानाले उम्मेद्वारी दर्ता गर्दा प्रदेश (ख) मा किशोर अर्यालले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here