मनहरी–असोज २० गते । २४ घण्टादेखि निरन्तर भइरहेको बर्षाका कारण राक्सिराङ गाउँपालिका ६ मागेनीमा पहिरो परी एकजनाको ज्यान गएको छ ।

पहिरोमा परेर स्थानीय ४८ बर्षीय तोकबहादुर चेपाङको ज्यान गएको राक्सिराङ गाउँपालिका गाउँ कार्यपालिका सदस्य सिंगलाल चेपाङले बताउनुभयो ।

त्यसैगरी कैलाश गाउँपालिकामा स्थानीय कालीखोलाले बगाएर अर्का एक पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय दलबहादुर चेपाङ रहेका छन् । स्थानीय कालिकाटार बजारमा सामान किनमेल गरी फर्कने क्रममा दलबहादुरलाई कालीखोलाले बगाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

अहिले पनि बर्षा जारी नै । मनहरी, चुर्लिङ, गोराङ्दी र कालीखोलासहित साना नदीनालाहरुमा पानीको सतह बढ्दो छ भने ग्रामीण भेगका अधिकाँश बाटाहरु पहिरोको कारण अबरुद्ध छ । दशैँको टिका थाप्न आफन्तजनका जान चाहेका मानिसहरु बर्षाबाट प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here