मनहरी–असोज १२ गते । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले नेपालीहरुको महान चाड बडा दशैँमा माता दुर्गा भवानीले प्रत्येक गाउँपालिकावासीको मनमा सकारात्मक भावनाको विकास गरोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

मनहरी गाउँपालिकाद्वारा आयोजित बिजया दशमी, शुभ–दिपावलीको, छठको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले यस्तो बताउनुभएको हो ।

मनमा भएका नकारात्मक सोचहरु हराएर जाओस र सदैव सकारात्मक सोचको मात्र विकास होस भन्दै गाउँपालिका अन्तर्गतका कर्मचारीहरु त्था १ देखि ९ वटै वडाका वडा अध्यक्षहरुलाई सदैव सकृय भएर काममा लाग्न आग्रह गर्नुभयो ।

चाडबाड धनि र गरिबको लागि उत्तिकै महत्वपुर्ण रहेको भन्दै धनीहरुले आफ्नो घरमा मासु लगायतका खानेकुरा कुहाएर फाल्ने तर गरिबको घरमा छाक टार्न समेत धौधौ हुने गरेको भन्दै अति विपन्न परिवारलाई आफुले सकेको सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठको सभाध्यक्षतामा भएको हो ।

त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेती प्रमुख अतिथि, विशेष अतिथिमा उपाध्यक्ष सिता पुलामी मगर, वडा अध्यक्षहरु शिब खनाल, राजकुमार पाख्रिन, अनन्त प्रकाश अर्याल, प्रकाश थापा, दिपेन्द्र अधिकारी, ठाकुरराम तितुङ, नारायण उप्रेती, राजकुमार श्रेष्ठ, कार्यपालिका सदस्यहरु, नेकपा एमाले मनहरी गाउँ कमिटीका अध्यक्ष नविन सुवेदी, नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटीका अध्यक्ष रामप्रसाद कालाखेती, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती उपभोक्त समितिका अध्यक्ष सिताराम अर्याल, सामुदायिक वन महा संघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, इलाका प्रहरी कार्यालयको प्रतिनिधि, सशस्त्र प्रहरी बल लच्का, मनहरी गाउँपालिका अन्तर्गतका विभिन्न शाखाका शाखा प्रमुखहरु, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here