मनहरी–असोज ११ गते । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले मंगलबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

नेपालीहरुको महान चाड वडा दशै, शुभ–दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि तथा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले नेपालीहरुको महान चाड बडा दशैँ, शुभ–दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै सम्पुर्ण उद्योगी, व्यवसायीहरुले उपभोग्य मिति नाघेका खाद्य सामग्रीहरु नबेच्न र प्रत्येक पसलमा मुल्यसुची राखी सोही अनुसार सबै ग्राहकलाई समान व्यवहार गर्न समेत आग्रह गर्नुभयो ।

उपभोग्य मिति नाघेका खानेकुराले आम मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्ने भन्दै उपभोग्य मिति हेरेर विक्रि गर्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य नमराज सुवेदी, इकाला प्रहरी कार्यालय मनहरी, नेपाल रेडक्रस सोसाइटि मनहरी, मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here