मनहरी–असोज ०७ गते । मनहरी गाउँपालिका ७ रमौली स्थित ब्रम्हाकाली आधारभूत विद्यालयको ४७ औँ अभिभावक भेला सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न अभिभावक भेलामा शैक्षिक सत्र २०७८ मा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

मनहरी गाउँपालिका सामाजिक बिकास संयोजक अनन्त प्रकाश अर्याल पमुख अतिति तथा वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुराम तितुङकको विशेष आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्रुब सुनारले विद्यालयको प्रगती विवरण पेश गर्नुभएको थियो ।

प्रस्तुत प्रगती प्रतिवेदनमा १७६ छात्र र १६० छात्रा गरि ३३५ जना विद्यार्थीहरु भर्ना भई अध्ययनरत रहेको जनाएको छ ।

विद्यालयमा नेट जडान, सोलार मर्मत, फिल्टर सहितको खानेपानीको व्यवस्था, जस्ताका छाना भएका कोठाहरुमा फल्स सिलिङको व्यवस्था, कक्षा १–३ मा बालमैत्री बसाईको व्यवस्था लगायतको भौतिक सबल पक्षहरु भएको जारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै शैक्षिक सवल पक्षमा विद्यार्थी निरन्तरतमा वृद्धि, सिकाई उपलब्धी तथा कक्षा उन्नतीमा प्रगती, प्रयोगात्मक कक्षा सिकाइमा जोड लगायतका रहेका छन् ।

त्यस्तै विद्यालयमा कम्प्युटको मर्मत गर्न नसक्नु, विद्यालयमा घेराबारको समस्या, सभाहल तथा बैठक कोठाको अभाव, विद्यालय हाताभित्र झाडी नियन्त्रण गर्न नसक्नु लगायतका दुर्वल पक्ष रहेको जारी प्रतिवेदनमा उल्लेख गरेको छ ।

अभिभावक भेलामा अभिभावक र विद्यार्थी सहित करिब २५० जनाको सहभागित रहेको उक्त विद्यालयका शिक्षक विष्णु मुक्तानले बताउनुभयो । कार्यक्रम उक्त विद्यालयका व्यवस्थापन समितिक अध्यक्ष हरि प्याकुरेलको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here