मनहरी–असोज ०६ गते । ज्योती लाइफ इन्स्योरेन्सको सहयोगमा राष्ट्रिय रोटरी माविका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ ।

१५ जना विद्यार्थीहरुलाई स्कुल व्याग (झोला) तथा स्टेश्नरी सामग्री वितरण गरिएको उक्त विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेलले बताउनुभयो ।

उक्त विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । छात्रवृति वितरण कार्यक्रममा विद्यलयका व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँको सभाध्यक्षता रहेको थियो ।

छात्रवृति कार्यक्रममा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष बानिँयाले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथिमा ज्योती लाइफ इन्स्योरेन्स मनहरी शाखाखाका प्रबन्धक इश्वर सुवेदी रहनुभएको थियो ।

त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, सहायक प्रधानाध्यापक साधुराम रिजाल, ज्योती लाइफ इन्स्योरेन्स मनहरी एरिया प्रमुख प्रितम बर्तौला, एजेन्सी म्यानेजर हेमराज कोइराला, अनिल शिवाकोटी र अभिकर्ता सन्दिप तामाङ लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here