मनहरी–असोज १ गते । मनहरी गाउँपालिका स्थित मनहरी–८ सिम्पानीमा अवस्थित महेन्द्र किरण माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनी गरेको छ ।

राष्ट्रिय विज्ञान दिवसको अवसरमा उक्त विद्यलयमा अध्ययनरत कक्षा १० र आइएससिएजि (बालि विज्ञान) का विद्यार्थीहरुले संयुक्तरुपमा शनिबार प्रदर्शनी गरेको हो ।

२१ वटा विषयहरुमा आधारित रहेर विद्यार्थीहरुले विज्ञान प्रदर्शनी सामग्री तयार गरि प्रदर्शनी गरेको हो । ११ वटा समुहमा विभाजित विद्यार्थीहरुले विज्ञान प्रदर्शनीमा भाग लिएका थिए । मनहरी गाउँपालिकामै पहिलो पटक यस्तो खाले विज्ञान प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा विद्यार्थीहरुले डाइनामोबाट बिजुली उत्पादन, हाइड्रोलिक ब्रेक, हाइड्रोलिक प्रेस, टेलिस्कोपको महत्व, लिटमसबाट अम्ल, क्षार र लवण छुटउने तरिका, वास्तविक आकृति उल्टो देखिन्छ लगायतका २१ वटा विषयमा सामग्री तयार गरी प्रदर्शनीमा राखेका थिए ।

प्रदर्शनीमा समुह एच प्रथम, आइएससिएजी समुह द्धितिय, समुह तृतिय र समुह एफ र इ सान्तवना भएका थिए । विद्यायलयले मनहरी गाउँपालिकामै पहिलो पटक विज्ञान प्रदर्शनी आयोजना गरेकोले आउने दिनमा विद्यालयमा रहेको सुविधासम्पन्न प्रयोगशालाालाई भरपुर सदुपयोग गरी विद्यार्थीमा भएका कला सिप र ज्ञानलाई प्रस्फुटन गराउने थलोकोरुपमा विद्यालयलाई अगाडी बढाउने विद्यालयका प्रधानाध्यापक शिव रिमालले बताउनुभयो ।

प्रदर्शनीमा विव्यस अध्यक्ष हेमलाल उप्रेती, पशुपति मावि मनहरी ४ का विव्यस अध्यक्ष माधव गौतम, प्रधानाध्यापक भानुभक्त आचार्य, विज्ञान शिक्षक, महेन्द्रक किरण माविका प्रधानाध्यापक शिवहरी रिमाल लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here