मनहरी–भदौ ३१ गते । प्रत्येक महिनाको पहिलो दिन अर्थात १ गते र १५ गते बन्द हुँदै आएको मनहरी बजार बन्द नहुने भएको छ ।

नेपालीहरुको महान चाड बडा दशै र दिपावली, छठ जस्ता चाडबाडहरु नजिकिएसंगै किनमेल गर्न आउने उपभोक्ताको संख्यामा वृद्धि हुने भएपछि बजार बन्द नगर्ने भएको हो ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले शुक्रबार एक सुचना जारी गर्दै चाडबाड लक्षित गरि बजार खुल्ला रहने व्यहोरा उल्लेख गरेको हो ।

मनहरीका व्यवसायीहरुले चाडबाडको समयमा उपभोक्ताको भिड बढ्ने भएकोले १ गते र १५ गते पनि बजार खोल्न पाउनु पर्ने भन्दै माग गरेका थिए ।

संघले जारी गरेको सुचना अनुसार असोज १ देखि १४ गतेसम्म बजार बन्द हुने समयमा पनि खुल्ने व्यहोरा जानकारी गराएको छ । साथै कात्तिक १५ गतेदेखी पहिलेकै योजना अनुसार बजार बन्द रहने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here