मनहरी–भदौ ३० गते । मनहरी अस्पतालमा पनि डेंगी परिक्षण किट प्राप्त भएको छ ।

लामो समय देखि किट अभावका कारण अस्पतालले डेंगी परिक्षण गर्न असमर्थ भइरहेको बेलामा मनहरी गाउँपालिका स्वास्थ्य शाखाले बिहिबार ८० थान डेंगी परिक्षण किट प्रदान गरेको अस्पतालका ल्याब टेक्निसियन सुरेश रायले बताउनुभयो ।

बिहिबार किट प्रप्त भएसंगै एक जनामा परिक्षण गरिएको र डेंगी नेगेटिभ भएको उहाँले बताउनुभयो ।

लामो समय अस्पतालमा किट अभावका कारण पनि विरामीहरु डेंगी परिक्षण गर्न नआएको हुन सक्ने ल्याब टेक्निसियन रायले बताउनुभयो । पछिल्लो समय मनहरीमा पनि डेंगीको संक्रमण दिनानुदिन बढिरहेको छ ।

जमेको पानीमा फुल पार्ने डेंगी सार्ने लामखुट्टेल वर्षायाममा बढि सक्रिय हुने गर्दछ । मनहरी गाउँपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्नका लागि पानी जम्ने खाल्डाखुल्डी, टायर, फोहोर फाल्ने डस्टविन, बाल्टिहरुमा जमेका पानी फाल्ने काममा समेत सकृयता देखाएको छ ।

डेंगु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन ।

वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ । स्वास्थ्य कार्यालय मकावनपुरले उपलब्ध गराएको तथ्यांक अनुसार मनहरीमा बिहिबार १ जनामा डेंगी संक्रमण देखा परेको छ ।

हालसम्म मनहरी गाउँपालिकमा १२ जना पुरुष र ५ जना महिला गरि १७ जनामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुर अनुसार पछिल्लो २४ घण्टामा थप ९८ जनामा डेंगी पुष्टि भएको हो । योसंगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ४ सय २९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here