मनहरी– भदौ १९ गते । मनहरी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री पशुपति माविमा आँखा शिविर सञ्चालन हुने भएको छ ।

मनहरी गाउँपालिकाको समन्वयमा हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजामा आँखा शिविर सञ्चालन हुन लागेको हो । शिविर यहि भदौ २५ गते शनिबार हुने स्थानीय आयोजक मनहरी गाउँपालिकाले जनाएको छ ।

शनिबार बिहान १० बजे देखि २ बजे सम्म सञ्चालन हुने शिविरमा आँखामा समस्या रहेकाहरुलाई सहभागी भई फाइदा उठाउन गाउँपालिकाले आग्रह गरेको छ ।

शिविरमा मोतिबिन्दुका बिरामीहरु भेटिए हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क अप्रेशनको व्यवस्था समेत गरेको गाउँपालिकाले जनाएको छ ।

शिविर बस्तिपुर जेसिज, हाँडीखोला र मनहरी गाउँपालिकाको संयुक्त स्थानीय आयोजक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here