हेटौँडा–भदौ १७ गते । बागमती प्रदेशको राजधानी हेटौँडाको धेरै चहलपहल हुने बुद्धचोकमै ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ ।

थानाभ¥याङतर्फबाट आएको टिपरलाई बेवारिस छाडेर चालक भागेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिइएको टिपरमा ३०५ किलोग्राम गाँजा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमका अनुसार थानाभ¥याङमा चेकजाँच गरिरहँदा मनहरीतर्फबाट हेटौँडातर्फ गइरहेको ना ८ ख १७३८ नं को टिपरबाट रातो त्रिपालले छोपेको अबस्थामा १२ वटा बोरामा ३०५ किलोग्राम गाँजा फेला परेको हो ।

नियन्त्रणमा लिइएको टिपरबारे अनुसन्धान जारी रहेको टिपरधनी पत्ता लगाउनका लागि यातायात कार्यालयलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । यो घटना भदौ १७ गते बिहान ३ बजेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here