मनहरी–भदौ ५ गते । नेकपा (माओवादी केन्द्र) मनहरी गाउँ कमिटीले दोस्रो स्थानीय तह निर्वाचनको समिक्षा गरेको छ ।

मनहरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले तीन वटा वडा र गठबन्धनबाट उपाध्यक्षमा पदमा जीत हाँसिल गरेको थियो ।

निर्वाचन समिक्षामा पार्टीभित्रबाटै अन्तर्घात हुँदा पार्टीले हार व्यहोर्नुपरेको र आगामी निर्वाचनमा यसलाई सच्याएर जानुपर्नेमा जोड दिइएको थियो ।

आइतबार भएको पार्टीको विस्तारित बैठक तथा निर्वाचन समिक्षामा आगामी संघ र प्रदेशसभा निर्वाचनमा पश्चिम मकवानपुरबाट पनि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउन पहल तथा छलफल गरिएको पार्टी गाउँ कमिटीका सचिव सञ्जीव पाठकले बताउनुभयो ।

पार्टीलाई पहिलो नम्बरमा ल्याउन पार्टी सुदृढिकरणमा अघि बढेको समेत उहाँले बताउनुभयो । विस्तारित बैठकमा पार्टीका पोलिटव्युरो सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य रामनारायण विडारीको विशष्ट आतिथ्यता रहेको थियो ।

बैठकमा केन्द्रीय सदस्य मानकुमारी नेपाली, वागमती प्रदेश सचिवालय सदस्य विर बहादुर गलान (ज्वाला), पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष सर्केश घलान, पार्टीका वागमती प्रदेश सदस्य तथा मनहरी गाउँपालिकाका उपाध्यक्ष रेखा पुलामी मगर (रेखा), वागमती प्रदेशसभा सदस्य तथा मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलान, पार्टीको जिल्ला सचिव भिम पाख्रिन, प्रेस सेन्टर प्रदेश २ ख को इन्चार्ज उमेश राई लगायतकाका उपस्थिति रहेको थियो ।

बैठक पार्टीका मनहरी गाउँ कमिटिका अध्यक्ष रामप्रसाद कालाखेतीको समाध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here