हेटौँडा–साउन २९ गते । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिननाथ गौतमले प्रश्नपत्रको स्तरीयतामा प्रश्न निर्माण गर्ने शिक्षकले विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभएको छ ।

पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरु के कति हासिल भयो भनी मापन गर्ने प्रमुख आधार नै परीक्षा भएकोले प्रश्नपत्रको स्तरीयतामा विशेष ख्याल गर्नु पर्नेमा जोड दिनु भएको हो ।

कक्षा ४, ६, ७ र ९ मा परिमार्जित पाठ्याक्रम तथा मुल्याङ्कन पद्धति सम्बन्धी शिक्षकहरु जानकार हुनुपर्ने बताउनुभएको हो ।

नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाको आयोजनामा भएको अनिवार्य विषयका प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

परिमार्जित पाठ्क्रम तथा मुल्याङ्कन पद्धतिमा आधारित रही कक्षा ४, ६, ७ र ९ को अनिवार्य प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठिमा नगरभित्रका ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here