मनहरी– साउन २४ गते । नारी सीप सृजना केन्द्र हेटौँडाले राक्सिराङ वडा नं २ र ३ का किसानहरुलाई व्यवसायिक तरकारी खेतीमा आकर्षित गर्नका लागि प्लाष्टिक टनेलसहितका सामग्रीहरु बितरण गरेको छ ।

केन्द्रले मकवानपुरको राक्सिराङ र बागमती गाउँपालिकाको वडा नं १ देखि ५ सम्म एडब्लु ओ इन्टरनेशनलको आर्थिक सहयोगमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना सञ्चालन गरिरहेको छ । सोही परियोजना अन्तर्गत किसानहरुलाई प्लाष्टिक टनेलसहितका सामग्रीहरु बितरण गरिएको हो ।

सोमबार  सस्थाले तरकारी खेतीका लागि आवश्यक प्लास्टिक टनेल सहितका सामग्री बितरण गरेको हो ।

राक्सिराङ गाउपालिका वडा नम्बर  ३ का वडा अध्यक्ष उत्तम वाईबाको प्रमुख आतिथ्यतामा सामाग्री हस्तान्तरण गरिएको सस्थाको राक्सिराङ गाउपालिका आउटरिच संयोजक दिल बहादुर वाईबाले मनहरी लाईभलाई  जानकारी दिनुभयो । 

राक्सिराङ २ नम्बर कालिधापको ८ घरपरिवार र ३ नम्बर वडाकै खहरेका ८ घर परिवार गरी जम्मा १६ घर परिवारलाई प्लास्टिक टनेल बितरण गरिएको हो । छलफल केन्द्रमा आबद्ध महिलाहरुलाई  ६/१२ साइजको प्लास्टिक २/२ थान, चार सय लिटर क्षमताको ड्रम १/१ थान, ५ सय लिटर क्षमताको १/१ थान, ६/१२ साइजको प्लास्टिक २/२ थान, १६ लिटरको पम्प १/१ थान र थोपा सिचाईका  सामान २/२ सेट सामाग्री वडा अध्यक्ष वाईबाले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष वाईबाले सस्थाले आफ्नो वडामा गरेको लगानी आय आर्जनको दरिलो आधार बन्ने बताउँदै वडाका किसानहरुलाई कृषि उत्पादनमा जोड दिएर योजना अगाडि बढाउने बताउनुभयो ।

सस्थाका प्रन्बन्ध निर्देशक चिरन्जिवी पौडेलले सस्थाले समाजका मनिसहरुलाई थोरै भएता पनि आर्थिक उपार्जन तर्फ डोर्याउन सफल हुने र लिन आग्रह गर्नुभयो ।

यस भन्दा अगाडि पनि सस्थाले राक्सिराङ गाउपालिकामा बाख्रा, बङ्गुर, मौरी, बिभिन्न प्रकारका तरकारीको बिउ  बेमौसमी तरकारी उत्पादनमा सहयोग मिलोस भनेर टर्नेल सहित सिप तथा प्रबिधी हस्तान्तरण गर्दै आईरहेको बताउनुभयो । कार्यक्रम शान्ता न्यौपानेको सभाध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here