मनहरी–साउन १४ गते । मनहरी पुस्तकालयको पहिलो वार्षिकोत्सवको अवसरमा शनिबार पुस्तकालयललाई सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

पुस्तकालय सञ्चालन गर्नुपुर्व सञ्चालन गरेको पुस्तक संकलन अभियानमा पुस्तक सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको हो । साथै कार्यक्रममा साहित्यिक श्रष्टाहरुको रचना वाचन कार्यक्रम समेत राखिएको थियो ।

रचना वाचन कार्यक्रममा मकवानपुरे साहित्यकार पुरुषोत्तम आचार्य, श्याम कुमार बानियाँ, यश लामा, छबि अनित्य, सम्प्रस पौडेल, गोबिन्द पौडेल, धर्मराज स्याङ्तान लगायतकाले रचना वाचन गरेका थिए ।

मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उद्येश्यले साउन १५ को अवसरमा खिर समेत खुवाइएको थियो ।

बागमती प्रदेससभा सदस्य सांसद ओम बहादुर ग्लानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) विशिष्ट अतिथि, राक्सिाराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, मनहरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द अधिकारी, ७ नम्बर वडा सदस्य नमराज सुवेदी, नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौला, साना किसान सहकारी संस्थाका अध्यक्ष बिमला कार्की, उद्योग बाणिज्यसंघ पश्चिम क्षेत्र समितका सभापति नारायण सुवेदी, युनाइटेड इंग्लिस बोर्डिङ स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र उप्रेती, मनहरी एफएमका स्टेसन म्यानेजर तथा युनिभर्सल लर्निङ एकेडेमीका अध्यक्ष शिब कुमार रिजाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमा संस्थाका सचिव मनोज मोक्तानले सञ्चालन गर्नुभएको थियो भने संस्थाका अध्यक्ष इन्द्रमणि स्याङ्तानको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here