मनहरी–साउन १२ गते । मनहरी गाउँपालिकाबाट एसइइ परिक्षामा सहभागी हुने एक मात्र निजी विद्यालय युनाइटेड इंग्लिस बोर्डिङ स्कुलका ४ जना परिक्षार्थीले ए प्लस ग्रेड प्राप्त गर्न सफल भएका छन् ।

प्रल्हाद कालाखेतीले ३.८५ जीपीए, विवेक लामाले ३.७५ जीपीए, टलकबहादुर कोइरालाले ३.७ जीपीए र नसिव बर्ताैलाले ३.६ जीपीए प्राप्त गरी ए प्लस ग्रेड ल्याएका हुन् ।

कूल ४४ जना परिक्षार्थीले सहभागिता जनाएको उक्त स्कुलका ६ जनाले ए ग्रेडमा, १९ जनाले बी प्लस ग्रेडमा, ८ जनाले बी ग्रेडमा र ७ जनाले सी ग्रेडमा एसइइ उत्तीर्ण गरेको विद्यालयका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा रहेका ८ निजी विद्यालयमध्ये युनाइटेड इंग्लिस बोर्डिङ स्कुलले मात्र एसइइ परिक्षामा सहभागिता जनाएको हो ।

आगामी एसइइ परिक्षामा भने युनिभर्सल लर्निङ एकेडेमी र मेरीगोल्ड टाइनिटस इंग्लिस स्कुलले पनि एसइइमा सहभागिता जनाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here