हेटौँडा–असार २८ गते । जनताका कथालाई गीतमा उतार्ने लोकप्रिय गायक जीवन शर्मा हेटौँडा आइपुग्नु भएको छ ।

मंगलबार दिउँसो उहाँ हेटौँडा आइपुग्नु भएको हो । बुधवार साँझ हेटौँडाको रोलय पार्टी प्यालेसमा हुन लागेको जीवन शर्मा एकल साँझमा प्रस्तुति दिनका लागि उहाँ हेटौँडा आइपुग्नु भएको आयोजक संस्था प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले बताउनुभयो ।

एकल साँझमा गायक शर्माले जनवादी गीतहरु प्रस्तुत गर्ने कार्यक्रम छ । साँझ ४ बजेबाट कार्यक्रम सुरु हुनेछ । प्रगतिशील लेखक संघले जनवादी सांस्कृतिक अभियानद्वारा जनजीविकाका सबाललाई पुनर्जागृत गर्नका लागि जीवन शर्मा एकल साँझको आयोजना गरेको जनाएको छ ।

‘गणतन्त्र र संघीयता कार्यान्वयनपछि पनि शासकले आधारभूत वर्गलाई उचित सन्तुष्टि दिन सकिरहेका छैनन’, अध्यक्ष अधिकारीले भन्नुभयो–‘यो कार्यक्रम गीत संगीत मार्फत जनताका कुरालाई शासकहरुसामु पु¥याउने प्रयत्न पनि हो ।’ क्रान्तिका ठूला ठूला कुरा गरेर सत्तामा पुग्नेहरुका लागि जीवन शर्माका गीत ‘मोटिभेसनल’ बन्न पनि सक्छन् भन्ने आशा राखिएको उहाँले बताउनुभयो ।

गायक शर्मा एकल साँझसँगै हेटौँडामा आयोजना हुने अन्य साहित्यिक कार्यक्रमहरुमा पनि सहभागी हुनुहुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here