राक्सिराङ–असार १७ गते । राक्सिराङ गाउँपालिकाको प्रशासनिक भवन निर्माण शिलान्यास गरिएको छ ।

राक्सिराङ–५ चैनपुरमा निर्माण गर्न लागिएको प्रशासनिक भवनको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष बनस्तम थिङसहितले शिलान्यास गर्नु भएको हो ।

निर्माणाधीन भवन ८ करोड ९९ लाख ३१ हजार रुपियाँको लागत स्टमेट रहेको छ । तर घटाघट हुँदा निर्माण कम्पनीका तर्फबाट जयमाता कन्ट्रक्सनले ६ करोड ४२ लाख १२ हजार ८ सय १५ रुपियाँमा ठेक्का पारेको हो ।

भवनको शिलान्यास गर्दै अध्यक्ष मल्लले एक बर्षभित्रै निर्माण सम्पन्न गरेमा जयमाता कन्ट्रक्सनलाई एकलाख रुपियाँ पुरस्कार दिने घोषणा गर्नु भएको छ । निर्माण कम्पनीसँग गाउँपालिकाले ३० महिनाभित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । तर, कम्पनीले १ देखि डेढबर्षसम्ममा भवन सम्पन्न गर्ने प्रतिबद्धतासहित काम सुरु गरेको बताएको छ ।

प्रशासनिक भवन निर्माण अघिल्लो कार्यकालमा सम्पन्न हुन सकेको थिएन । जग्गा खरिद, भवनको डिपिआर निर्माण लगायतक प्रशासनिक काम सकाएर नयाँ कार्यकालको पहिलो चौमासिकमै भवन निर्माण कार्यलाई प्राथमिकता दिइएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । अहिले गाउँपालिकाले उपभोग गरिरहेको भवनहरु चेपाङ छात्राबास, चेपाङ विकास कार्यक्रम अन्तर्गतका भवन र स्वास्थ्य चौकीका भवन समेत रहेका छन् ।

केही समयभित्रै नयाँ भवनमा सर्ने गरी कामलाई द्रुतगतिमा अघि बढाइने र निर्माण कम्पनीलाई आवश्यक सबैखाले सहजीकरण गरेर काममा लगाउने गरी जनप्रतिनिधि र प्रशासनले भूमिका निर्बाह गरिरहेको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले जानकारी दिनुभयो ।

खैराङ, राक्सिराङ, सरिखेत र काँकडा गाउँ विकास समिति मिलेर बनेको राक्सिराङ गाउँपालिकाको केन्द्र राक्सिराङ गाउँपालिका वडा नं ५ (साबिक राक्सिराङ गाविस वडा नं ८) चैनपुरलाई तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here