राक्सिराङ–असार ९ गते । राक्सिराङ गाउँपालिका ९ खैराङस्थित कालिका माध्यमिक विद्यालयमा आर्थिक बेथिति भएको भन्दै शिक्षक अभिभावक संघका अध्यक्ष आयुश खड्काले राजीनामा दिनु भएको छ ।

उहाँले सामाजिक संजाल फेसबुकमा पटक पटक आर्थिक बेथिति भएको भन्दै सुधार गर्नका लागि ध्यानाकर्षण गराउनु भएको थियो ।
उहाँले स्थानीय किराना पसलमा विद्यालयका उधारो खातामा मदिरा, चुरोटसमेत खरिद गरिएको पाइएको विवरण फेसबुकमा सार्बजनिक गर्नु भएको छ ।

त्यसैगरी पूर्वप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत व्यक्तिहरुले विद्यालयको रकम पेश्की लगेको र हालसम्म फिर्ता नभएको उहाँको आरोप छ । उहाँले बेथितिहरु हटाउन माग गर्दा सुधार हुने छाँट नदेखिएकाले राजीनामा दिइएको उल्लेख गर्नु भएको छ ।

यस सम्बन्धमा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्र झाले शिक्षक विद्यार्थी संघका अध्यक्ष खड्काले लगाउनु भएका आरोपहरुबारे कुरा गर्दै कतिपय पेश्की फछ्र्याैट भएको र केही हुने क्रममा रहेको बताउनुभयो । विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि समुदायतहमा एकताबद्ध भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here