मनहरी–असार ०८ गते । मनहरी गाउँपालिकाका ६ हजार २०० बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

५ वर्ष पूरा भई १२ वर्ष ननाघेका बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइटेलले बताउनुभयो ।

व्यवस्थापक लुइटेलले मनहरी गाउँपालिका शिक्षा शाखाले उपलब्ध गराएको ६ हजार २ सय बालबालिकालाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा मकवानपुरसहित विभिन्न जिल्लामा खोप अभियान संचालन गर्न निर्देशन दिएसँगै बिहिबारदेखि मनहरी गाउँपालिकाका बालबालिकाहरुलाई पनि खोप लगाउन लागेको उहाँले बताउनुभयो ।

९१ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको उक्त खोप विद्यालयमा नै गएर बालबालिकालाई लगाउने भएको हो ।

त्यसका लागि गाउँपालिकामा ३० स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरि ९ वटै वडामा खटाइन लागेको उहाँले बताउनुभयो ।

यो खोप सुरक्षित रहेकोले ढुक्क भएर बालबालिकालाई लगाउन समेत उहाँले आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here