मनहरी–असार ८ गते । नगद नोटको कारोबारलाई न्यूनिकरण गर्नका लागि मनहरी क्षेत्रका अटो व्यवसायीहरुलाई सेन्चुरी बैँकले क्यूआर कोड प्रदान गरेको छ ।

मनहरी बजार क्षेत्र र आसपासमा अटो सञ्चालन गर्दै आइरहेका १५ जना अटो चालकलाई सेन्चुरी बैँकले खाता खोल्न लगाएर क्यूआर कोड प्रदान गरेको हो ।

‘अहिले सबै मान्छेले नगद बोक्छन् भन्ने छैन’, बैँकका मनहरी शाखा प्रवन्धक सुदीप नेपालले भन्नुभयो–‘अटोमा यात्रा गर्ने यात्रुहरुले मोबाइल बैंकिङमार्फत सीधै क्यूआर स्क्यान गरी अटो चालकको खातामा रकम पठाउन सक्नेछन् ।’

डिजिटल कारोबारको क्षेत्रलाई फराकिलो पार्दै तल्लो तह र बर्गसम्म पु¥याउने लक्ष्यका साथ अटोचालकहरुलाई क्यूआर कोड प्रदान गरिएको बैँकले जनाएको छ ।

हालसम्म १५ जना अटो चालकलाई क्यूआर कोड हस्तान्तरण गरिएको र यो क्रमलाई निरन्तरता दिने लक्ष्य राखिएको छ ।
पछिल्लो समय मनहरी क्षेत्रमा सेन्चुरीसहित विभिन्न बैंकहरुले मोबाइल सेवालाई प्रवद्र्धन गर्दै आइरहेको छ ।

मोबाइल बैंकिङसहित इसेवा, खल्ती, आइएमइ पे लगायत वालेटहरुको प्रयोग गरी बिजुलीबत्ती, खानेपानी, मोबाइल रिचार्ज, इन्टरनेटको भुक्तानी गर्ने लगायतका सुविधाहरु उपभोक्ताले लिन थालेका छन् ।

मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गर्दा कारोबार पारदर्शी हुने र सजिलै भुक्तानी गर्न सकिने भएकाले लाइनमा बसेर बिजुली, फोन, नेट लगायतको रकम तिर्नुपर्ने बाध्यता हट्दै गएको सेन्चुरी बैँक मनहरीका ग्राहक सेवा प्रमुख प्रवेश सुवेदीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here